• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री ★   काठमाडौँ फेरि बन्यो विश्वकै प्रदूषित शहर ★   पोषणको क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ: सभापति राणा ★   नेपालको मौसम र अहिलेको राजनीति उस्तैउस्तै हो: अध्यक्ष नेपाल ★   नेपालको आतिथ्यताबाट खुसी छौं – आन्द्रे फ्लेचर ★   आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने ★   चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्रीको निर्माण ★   धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी ★   कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक ★   त्रिवि मैदानमा अभ्यास गर्दै वेस्ट इन्डिज ‘ए’ टोली (फोटोफिचर)

बालेन साहले लिए काठमाडौँ महानगरपालिकाको प्रमुखको सपथ ग्रहण



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र साह (बालेन) ले पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

उहाँलाई प्रमुख निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश राजकुमार खतिवडाले पद तथा गोपनीयताको सपथ गराउनुभएको हो । नवनिर्वाचित प्रमुख साहले नेपाल भाषामा समेत पद तथा गोपनीयताको सपथ लिनुभएको थियो ।

राष्ट्रिय सभागृहमा आयोजित समारोहमा नवनिर्वाचित प्रमुख बालेन साहले महानगरपालिकाका नवनिर्वाचित उपप्रमुख सुनिता डंगोल, वडाध्यक्षहरु तथा वडासदस्यहरुलाई पद तथा सपथ गराउनुभयो ।

यसअघि मुख्य निर्वाचन अधिकृत खतिवडाले महानगरपालिकाका नवनिर्वाचित साह, उपप्रमुख डंगोल तथा सम्पूर्ण वडाध्यक्ष र वडासदस्यहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

काठमाडौँ महानगरपालिकाको हालै सम्पन्न निर्वाचनमा प्रमुख पदमा स्वतन्त्र उम्मेदवार भई बालेन साह निर्वाचित हुनुभएको थियो । उहाँले सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंह र नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितलाई पराजित गर्नुभएको थियो ।

यसैगरी उपप्रमुख पदमा एमालेकी डंगोल निर्वाचित हुनुभएको थियो ।