१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह हिमानी कोषद्वारा बाढी प्रभावित समुदायलाई खाद्यान्न तथा राहत सामग्री सहयोग त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि नेपाली सेनासहितको प्राविधिक टोली परिचालित बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा भोटेकोशी बाढीमा मृतकको संख्या ७६८ पुग्यो, चितवनमा मात्रै २६४ शव फेला दुई हप्ताभित्र गल्छी–स्याँफ्रुबेसी सडक खुलाउने तयारी, बाढीले कोल्पुखोला पुल बाङ्गियो भोटेकोशी विपत्तिमा राजनीति नगर्न ओलीको आग्रह, सरकारप्रति भने आक्रोश केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल भोटेकोशी विपद् प्रभावितको राहत तथा पुनःस्थापनाका लागि सिद्धार्थ बैंकले दियो रु. २ करोड ५१ लाख विपद् व्यवस्थापनबारे छलफल गर्न रास्वपाको केन्द्रीय समितिको भर्चुअल बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेन साहले लिए काठमाडौँ महानगरपालिकाको प्रमुखको सपथ ग्रहण



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र साह (बालेन) ले पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

उहाँलाई प्रमुख निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश राजकुमार खतिवडाले पद तथा गोपनीयताको सपथ गराउनुभएको हो । नवनिर्वाचित प्रमुख साहले नेपाल भाषामा समेत पद तथा गोपनीयताको सपथ लिनुभएको थियो ।

राष्ट्रिय सभागृहमा आयोजित समारोहमा नवनिर्वाचित प्रमुख बालेन साहले महानगरपालिकाका नवनिर्वाचित उपप्रमुख सुनिता डंगोल, वडाध्यक्षहरु तथा वडासदस्यहरुलाई पद तथा सपथ गराउनुभयो ।

यसअघि मुख्य निर्वाचन अधिकृत खतिवडाले महानगरपालिकाका नवनिर्वाचित साह, उपप्रमुख डंगोल तथा सम्पूर्ण वडाध्यक्ष र वडासदस्यहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

काठमाडौँ महानगरपालिकाको हालै सम्पन्न निर्वाचनमा प्रमुख पदमा स्वतन्त्र उम्मेदवार भई बालेन साह निर्वाचित हुनुभएको थियो । उहाँले सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंह र नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितलाई पराजित गर्नुभएको थियो ।

यसैगरी उपप्रमुख पदमा एमालेकी डंगोल निर्वाचित हुनुभएको थियो ।