• १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
  •   Unicode
Logo

जलिरहेको अवस्थामा देखा पर्यो तारा एयरको विमान



काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

मुस्ताङ जिल्लाको थासाङ गाउँपालिकाको–२ लारीकोटभन्दा माथिल्लो क्षेत्र लाङ्चिगोलामा जहाज जलिरहेको अवस्थामा फेला परेको बताईएको छ ।

विमानमा सवार यात्रुहरु र चालक दलका सदस्यहरुको अवस्थाको बारेमा विवरण आउन बाँकी नै छ । नेपाली सेना र प्रहरी लागि परेका छन् । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखरा बिमानस्थलबाट उडेको जहाज सम्पर्कविहीन भएको थियो ।