१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

कसले बुझ्ला यात्रुका पीडा

कसले बुझ्ला यात्रुका पीडा
अ अ+ अ-

काठमाडौँ । पिठ्यूँमा डेढ वर्षकी छोरी मस्त निदाएकी थिइन् । हातमा सानो थैली थियो । बिरामी छोरीलाई उहाँले जतिसक्दो चाँडो अस्पताल पुर्‍याउनु थियो । नायाँबानेश्वरको चोकमा उभिएर भैरवी कार्कीले पटक–पटक गाडीलाई हात तेस्र्याइरहनुभयो तर पिठ्यूँमा बच्चा बोकेको देखेपछि उहाँलाई नचढाई गाडी गुडिहाल्थे । शुक्रबार बिहान ९ बजे भैरवी यसरी नै गाडीका लागि प्रतीक्षा गरिरहनुभयो । मान्छे खचाखच भएको गाडीमा सानो बच्चासहित चढ्ने पनि कसरी ? नचढ्यो भने अस्पताल लैजानै पर्नेछ ।

भैरवीजस्त धेरैले सार्वजनिक यातायातमा चढ्न पाउने नैसर्गिक अधिकार सजिलै पाउनुहुन्न । जब बच्चा बोकेर उहाँ हिँड्नुहुन्छ, यही सास्ती खेप्नुपर्छ । “अर्को गाडीमा आउनु भन्दै रोक्नै मान्दैनन्”, उहाँले भन्नुभयो, “खाली गाडी पाउनै मुस्किल हुन्छ, भरिएकाले बच्चा भएकै कारण मान्छे राख्न कठिन हुने मनसायले चढाउँदैनन् ।”

खचाखच भरिएको गाडीमा शारीरिक अशक्त, वृद्धवृद्धा र बालबालिकाले खेप्नुपर्ने सास्ती भनिसाध्य छैन । शङ्खमूल चोकबाट रत्नपार्क आउने माइक्रोबस झनै भरिभराउ हुन्छन् । सुन्धारामा व्यापार गर्न पुग्नुपर्ने डिल्ली धमला शङ्खमूलदेखि माइक्रोबस चढ्दा ढाड दुख्ने समस्या आएको बताउनुहुन्छ । सिट क्षमताभन्दा धेरै मान्छे राख्दा उभिएर यात्रा गर्नुपर्ने उहाँको दैनिकी छ । “अग्लो ज्यान निहुरिएर अडिनुपर्छ”, उहाँ भन्नुहुन्छ, “पैसा तिरेर पनि सुविधाले यात्रा गर्न नपाउँदा नमज्जा लाग्छ नि १”

उहाँ दैनिकजसो सार्वजनिक बस चढ्दा सहचालकसँग झगडा नपरेको दिन हुँदैन । ढोका लगाउनै नमिल्ने गरी यात्रु कोचेर लैजादा बोल्नै पर्‍यो । बोल्यो भने गाह्रो भए ट्याक्सी चढेर जानु भन्दै सहचालकले थर्काएको केदार कार्की बताउनुहुन्छ । “कहिले भाडामा किचकिच त, कहिले धेरै मान्छे राखेकामा झगडा गर्नुपर्छ”, उहाँ यात्रा गर्दाको दु:खेसो सुनाउनुहुन्छ, “चढाउँदा जबर्जस्ती चढाउने र ओराल्दा पनि जबर्जस्ती हतारमै ओराल्ने गर्दा ठूलै सजाय भोग्ने गरेका छौँ ।”

रत्नपार्कदेखि कोटेश्वर दैनिक आउजाउ गर्नुपर्ने टोपेन्द्र पनेरुले सार्वजनिक यातायात कठघरा जस्तै लाग्छ । बिहान १० बजे चोकमा घन्टौँ बसेर प्रतीक्षा गरेको बस भरिभराउ हुन्छ । खुट्टो गाडीको ढोकामा टेक्नेबित्तिकै धकेलिँदै गाडीको पुच्छारमा पुगिन्छ । पर जानु पर जानु भन्दै सहचालकले कराएर हैरान पर्छन् । झर्ने बेलामा चाहिँ तुरुन्तै झरिहाल्नुस् भन्दै अर्को यातना दिन थाल्छन् ।

टोपेन्द्रले भोगेको यस्तो यात्रु दैनिकी सबै सर्वसाधारणका लागि सामान्य बनेको छ । उहाँ भन्नुहुन्छ, “सार्वजनिक यातायायत चढ्नै गाह्रो, चढिहालियो भने पनि झर्नै गाह्रो ।” गर्मी मौसममा उकुसमुकस यात्रा गर्दा सहनुपर्ने कष्ट अझै पीडादायी छ । उहाँ भने यसैलाई स्वीकार्नुबाहेक कुनै विकल्प नरहेको बताउनुहुन्छ ।

कौशलटारका केदार लुइँटेल शारीरिक रुपले अशक्त हुनुहुन्छ । उहाँको दाहिने खुट्टाको समस्याले वैशाखी चढेर हिँड्नुहुन्छ । त्रिचन्द्र क्याम्पसमा स्नातक तह अध्ययनरत उहाँलाई कलेजसम्म पुग्न सजिलो छैन । हुन् त सार्वजनिक यातायायमा आपङ्गता सिट आरक्षित छ तर व्यवहारमा भने ठीक उल्टो पाएको केदारको अनुभव छ । उहाँका अनुसार कुनै गाडीमा अपाङ्ग सिट लेखिएको हुन्छ तर सपाङ बस्नुभएको हुन्छ । कुनैमा त त्यही पनि लेखिएको हँुदैन । लेखिए पनि अक्षर मेटिएका हुन्छन् । आरक्षित सिटमा बस्ने अधिकार पाउन पनि यात्रुसँग झगडा गुर्न परेको उहाँले भोगाइ सुनाउनुभयो । “भेडाबाख्रा जस्तै यात्रु कोचेर राख्छन्, त्यहाँ हामीले कसरी सुविधा पाउनु रु”, उहाँ थप्नुहुन्छ, “कसैले दयाले सिट छोड्नु भयो भने मात्रै हो । नीतिले पाउनु र दयाले पाउनु फरक कुरा हो नि १” साझा यातायात यात्रुमैत्री भए पनि सबै सार्वजनिक यातायातमा यात्रुको सम्मानजनक व्यवहार नभएको उहाँले सुनाउनुभयो ।

रामशाह पथ नजिकै रहेको बस बिसौनीमा कास्कीका इन्दिरा चौलागाईं सातवर्षे छोरासँगै बागबजार जाने बस कुर्दै हुनुहुन्थ्यो । बसको पर्खाइमा बस्दाबस्दै छोराले शौचालय जाने भन्न थाले । नजिकै कहीँ पनि शौचालय थिएन । सामान्य डस्बिनसमेत नराखिएको बस बिसौनीमा शौचालयको व्यवस्था हुने कुरै भएन । छोरा शौचालयमै शौच गर्ने भनिरहेका थिए तर इन्दिराले बाध्यताले बस बिसौनीको पछाडि भित्तोतिर फर्काएर छोरालाई पिसाब फेर्न लगाउनुभयो । “यात्रुको सुविधाका लागि बस बिसौनीमै शौचालय भए कति राम्रो हुन्थ्यो होला”, उहाँले कल्पना गर्दै भन्नुभयो,“सामान्य फोहार फाल्ने डस्बिन पनि छैन, अरू के कुरा गर्नु रु”

यातायात सुविधा कागजमै सीमित

यातायत व्यवस्थापन कार्यविधि निर्देशिकाले यात्रुको सुविधा र सम्मानलाई विशेष स्थान दिएको छ । कार्यविधिमा माइक्रोेबसको सिट क्षमता चालकसहित १४ जना हुनुपर्छ । मिनिबसको सिट क्षमता चालकसहित १५ देखि २५ जनासम्म हुनुपर्छ । यात्रुको मनोरञ्जनका लागि म्युजिक सिस्टम तथा पत्रपत्रिकाको व्यवस्था हुनुपर्नेछ भनी निर्देशिकामा प्रस्ट उल्लेख छ ।

निर्देशिकाअनुसार सडकमा कुनै पनि सवारी साधन पाउन सम्भव छैन । निर्देशिकाले भनेअनुरुप कार्यान्वयन भए/नभएको थाहा पाउने कुनै प्रभावकारी संयन्त्र छैन । अनुगमन र नियमन फितलो छ । सिटमा पर्दासहितको सिसा हुनुपर्ने भनिए पनि सिसासमेत फुटेको अवस्थामा सवारी साधन गुडिरहेका छन् ।

काठमाडाँै महानगरपालिका सवारी तथा यातायात व्यवस्थापन ऐन, २०७५ को परिच्छेद ५ को दफा १३ परिचालकको कर्तव्यको उपदफा ९१०० अनुसार सार्वजनिक यातायात सेवा सञ्चालनमा संलग्न परिचालकको यात्री, चालक तथा अन्य व्यक्तिसँग शिष्ट, शालीन र सभ्य व्यवहार गर्नुपर्ने व्यवस्था छ ।

यात्रुसँग निर्धारितभन्दा बढी रकम असुली गर्न नपाइने, टिकट दिन इन्कार नगर्ने, रकम फिर्ता गर्न आलटाल नगर्ने, यात्रीसँग अशिष्ट भाषामा कुरा नगर्ने, निर्धारित पोसाक नलगाई सार्वजनिक यातायातको साधनमा परिचालकको काम नगर्ने, सवारी साधनमा मदिराजन्य र सुर्तीजन्य पदार्थको सेवन नगर्ने, यौनजन्य दुव्र्यवहार नगर्ने, कानुनले निषेध गरेका अन्य कार्य नगर्नेलगायत नियम निर्धारण गरिएको छ । नियम विपरीत कार्य गर्ने परिचालकलाई पहिलो पटकका लागि रु एक हजार र दोस्रो पटकदेखि दुई हजार जरिवाना लाग्ने व्यवस्था छ ।

ऐन बनाउने निकाय नै अनुगमनको पक्षमा बेखबर छ । एकातिर यात्रुले आफूलाई परेको असुविधा र अन्यायविरुद्ध सम्बन्धित निकायमा उजुरी गर्ने संस्कृति छैन । काठमाडाँै महानगरपालिकाभित्र चल्ने सवारी साधनमा नियमन छैन । सार्वजनिक यातायात सञ्चालन गर्ने संस्था वा कम्पनीको विभिन्न दायित्वअन्तर्गत यात्रुहरुको सुझाव तथा गुनासो दिन मिल्ने व्यवस्था मिलाउने भनिएको छ ।

ऐनमा यात्रुको सुरक्षाका लागि सिसी टिभी जडान गर्ने, यात्रु वर्ग र सर्वसाधारणका लागि गुनासो तथा सुझाव दिन र सेवासम्बन्धी जानकारी दिन टोल फ्री–नम्बर, नोटिस बोर्ड सेवा, इमेल, वाइफाइ, सामाजिक सञ्जाललगायत प्रविधि जडान गर्ने उल्लेख छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलालले ऐनमा उल्लेख भएको सुविधाअनुसार कुनै पनि व्यवस्था व्यवहारमा लागु नभएको बताउनुभयो । आफ्ना यात्रुलाई सवारीमा कस्तो सुविधा दिने र सम्मान दिने भन्ने संस्कार सवारीचालक र मालिकको हुने गर्छ । ऐनमा तोकिएअनुसार प्रविधिमैत्री सवारी साधन बनाउने, सफा र सुविधा अनिवार्य हुनुपर्ने उहाँले सुनाउनुभयो । उहाँले काठमाडौँ उपत्यकामा बस बिसौनी भनेका छन् तर शौचालय र फोहोर व्यवस्थापन गर्ने डस्बिन नहुँदा सहर फोहोर भएको सुनाउनुभयो ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार उपत्यकाभित्र ४३ वटा मात्रै सार्वजनिक शौचालय छ । ती कुनै पनि बस बिसौनी लक्षित छैनन्, न त घुम्ती शौचालय नै परिचालित छन् । यात्रु लक्षित सुविधापूर्ण यात्रा व्यवस्थापन गर्नको लागि महानगरपालिकाले ऐन बनायो । त्यसको अनुगमन पक्ष भने फितलो छ । महानगरपालिकाका प्रवक्ता मानन्धरले व्यवस्थापनबारे खासै चासो नदिइएको स्वीकार गर्नुभयो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता जीवनकुमार श्रेष्ठको भने निर्देशिका जसले बनाएको हो उसैले कार्यान्वयनमा ल्याउन पहल गर्नुपर्ने प्रस्ट धारणा छ । “काठमाडौँ महानगरपालिकाले यातायात निर्देशिका बनाएको हो भने त्यसको कार्यान्वयन कस्तो छ भनेर यसैले अनुगमन गर्नुपर्छ”, उहाँले भन्नुभयो, “ट्राफिक कार्यालयको निश्चित जिम्मेवारी छ, सबै हेर्न सम्भव छैन ।” उहाँले ट्राफिलकको दायित्व सडक अनुशासनको पालना, सवारी इन्जिन र यात्रुको सङ्ख्या जाँच, यातायातसम्बन्धी शिक्षा एवं जनचेतना दिने कार्य गर्ने बताउनुभयो ।

ट्राफिक प्रहरी कार्यालयमा दैनिक तीन हजार पाँच सयभन्दा बढी ट्राफिक नियम उल्लङ्घन गरी कारबाहीमा परेका सवारी चालकको तथ्याङ्क छ । आरक्षण सिट पूर्णरुपमा लागू नभएको, आवश्यकताभन्दा बढी यात्रु राखेर असुरक्षित सवारी चलाउने सार्वजनिक यातायातको तथ्याङ्क अधिक रहेको प्रहरी कार्यालयका प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । “सवारी व्यवस्थापन गर्न यात्रुदेखि सबै निकायको अहम् भूमिका हुन्छ,” उहाँले भन्नुभयो, “ट्राफिक मात्रै एक्लो दोषी हुन सक्दैन ।” रासस