१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

धितोपत्र व्यवसायीको कमिसन घट्यो

धितोपत्र व्यवसायीको कमिसन घट्यो
अ अ+ अ-

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले आजबाट लागू हुनेगरी धितोपत्र व्यवसायीको सेवाशूल्क (कमिसन) घटाएको छ । अर्थमन्त्रालयको स्वीकृतिपछि कमिसन घटाइएको बोर्डले जनाएको छ ।

“धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी)नियमावली, २०६४ को नियम ४३ बमोजिम अनुसूची १४ मा रहेको धितोपत्र दलाली वापत लिनसक्ने सेवा शूल्क हेरफेरका लागि स्वीकृति प्रदान भई आएकोमा उक्त हेरफेर २०८१ जेठ १ गतेदेखि लागु हुने निर्णय भएको छ”, बोर्डले भनेको छ ।

यसअघि रु ५० हजारसम्मको कारोबारमा शून्य दशमलव ४० प्रतिशत सेवा शूल्क लिन पाउने व्यवस्था रहेकोमा त्यसलाई घटाएर शून्य दशमलव ३६ प्रतिशत कायम गरिएको छ । त्यस्तै, रु ५० हजारदेखि रु पाँच करोडसम्मको कारोबारमा शून्य दशमलव ३७ प्रतिशत सेवा शूल्क रहेकोमा त्यसलाई घटाएर शून्य दशमलव ३३ प्रतिशत कायम गरिएको छ ।

बोर्डका अनुसार रु पाँच लाखदेखि रु २० लाखसम्मको कारोबारमा शून्य दशमलव ३४ प्रतिशत सेवा शूल्क लाग्दै आएको त्यसलाई शून्य दशमलव ३१ प्रतिशतमा झारिएको छ । रु २० लाखभन्दा माथि रु एक करोडसम्मको कारोबारमा शून्य दशमलव ३० प्रतिशत सेवा शूल्क लाग्दै आएकोमा त्यसलाई शून्य दशमलव २७ प्रतिशतमा झारिएको छ । त्यसैगरी, रु एक करोडभन्दा माथिको कारोबारमा शून्य दशमलव २७ प्रतिशत सेवा शूल्क लाग्दै आएकोमा शून्य दशमलव २४ प्रतिशतमा झारिएको धितोपत्र बोर्डले जनाएको छ । रासस