२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागुऔषध खैरो हिरोइनसहित चार पक्राउ



प्रतीकात्मक तस्बिर
अ+ अ-

कञ्चनपुर । लागुऔषध खैरो हिरोइनसहित प्रहरीले बेलौरी नगरपालिका–७ पौलाहा मसानघाट क्षेत्रबाट चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार हिजो साँझ इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले १५ दशमलव ९८ ग्राम लागुऔषध खैरो हिरोइनसहित चारै जनालाई पक्राउ गरेको हो । उहाँका अनुसार पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका–१३ एयरपोर्ट बस्ने वर्ष २२ का दीपक भट्ट, वर्ष १८ का विवेक चौधरी, वर्ष २५ का किशोर राना र वर्ष ३५ का कालुराम राना छन् ।

से५प २२०९ नम्बरको मोटरसाइकलमा सवार दीपक र विवेकको साथबाट ४ दशमलव ३९ ग्राम र सुपप्र ०१००९ प ८१८ नम्बरको मोटरसाइलमा सवार किशोर र कालुरामको साथबाट ११ दशमलव ५९ ग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको प्रहरी नायब उपरीक्षक शाहले बताउनुभयो ।

मोटरसाइकलको टुल बक्स र सेतो प्लास्टिकको थैलाभित्र लुकाइछिपाई चारै जनाले लागुऔषध खैरो हिरोइन लग्दै गरेको अवस्थामा प्रहरीको टोलीले शङ्का लागि जाँच गर्दा फेला पारेको हो ।

लागुऔषध र मोटरसाइलसहित पक्राउ परेका चारै जनामाथि प्रहरीले आवश्यक अनुसन्धानको कार्य गरिरहेको छ । चार दिनअघि मात्रै प्रहरीले बेलौरी क्षेत्रबाटै चार जनालाई लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरेको थियो ।