६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

प्रतिनिधि सभा बैठकपछि नेताहरुको प्रतिक्रिया

प्रतिनिधि सभा बैठकपछि नेताहरुको प्रतिक्रिया
अ+ अ-

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रतिपक्षी दलसँग वार्ता र संवादगरी राष्ट्रिय एकता  कायम गर्ने सरकारको नीति रहेको बताउनुभएको छ । सोमवारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग बोल्दै अर्थमन्त्री शर्माले प्रतिनिधि सभा बैठकमा निरन्तर विरोध गरिरहेको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सँग वार्ता र संवाद गरिरहेको बताउनुभयो । उहाँले प्रमुख प्रतिपक्षीलाई पनि वार्ता र संवादमार्फत् मिलाएर राष्ट्रिय एकता कायम गरेर जाने सरकारको नीति रहेको उल्लेख गर्नुभयो ।

यसको निम्ति सभामुख र प्रधानमन्त्रीले पहल गरिरहनुभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘प्रतिपक्षसँग पुरै सौहार्दपूर्ण वातावरण बनाउने हो । निरन्तर वार्ता गर्ने हो । सर्वदलीय बैठक भएको यहाँहरुलाई थाहा छ । कानून मन्त्रीले निरन्तर वार्ता गरेको पनि यहाँहरुलाई थाहा छ । हामी वार्ता, संवादलाई निरन्तरता पनि दिइरहेका छौँ ।

बजेट लामो समयसम्म रोकिराख्यो भने सबै कुरा ठप्प हुने भएको हुनाले यसलाई सँगसँगै लैजानुपर्ने पनि हाम्रो बाध्यता छ । प्रतिपक्षलाई हामी मिलाएर वार्ता, संवादबाट राष्ट्रिय एकता कायम गरेर जाने सरकारको नीति छ । वार्ता गर्ने हो, संवाद गर्ने हो, सर्वदलीय बैठक राख्ने हो, सभामुखले पहल गर्नुभाको छ । नेताहरुले पहल गर्नुभाको छ । प्रधानमन्त्रीले पहल गर्नुभाको छ । कुनैपनि योजना काटेको पनि छैन । रोकेको पनि छैन । पूर्वाग्रही हामी छैनौँ । पूर्वाग्रही छन् कि भनेर उहाँहरुलाई शंका लागेको होला उहाँहरुले सबै योजना देखेपछि होइन रछ भन्नुहुन्छ होला ।’

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संसदमा भएको अवरोधलाई सुचारु गर्नका लागि आफुले प्रमुख प्रतिपक्षी दलका नेतासँग सम्वाद गरिरहेको बताउनुभएको छ । सरकारलाई प्रभावकारी रुपले चलाउने कर्तव्य सरकार र प्रतिपक्षी दुवैको भएको भन्दै उहाँले एमालेबाट संसद खुलाउने भुमिकाको अपेक्षा गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘संसदलाई सुचारु गर्नका निम्ति मैले प्रमुख प्रतिपक्षी दलका नेतासँग संवाद गरिराखेको छु । आज संसद सुचारु रुपले चल्ला भन्ने आशा लिएको थिएँ र म अहिलेपनि आशावादी छु । संसद सुचारु रुपले चल्नुपर्दछ । संसदलाई प्रभावकारी रुपले चलाउने कर्तव्य सरकार पक्ष र विपक्ष दुइटैको कर्तव्य हुनाले त्यो कर्तव्य सरकारको तर्फबाट जिम्मेवारीताका साथ बहन गर्दछ । एमालेजस्तो अनुभवी प्रतिपक्षीबाट पनि हामी त्यसै किसिमको भुमिकाको अपेक्षा गरेका छौँ । विगतकै सरकारले ल्याएका धेरै महत्वपूर्ण विधेयक छन् ति विधेयकहरुलाई रोक्ने काम जसरी भइरहेको छ । यो आफैमा अनौठो छ ।’

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले सभामुखको कार्यशैली र एमालेप्रतिको भेदभावको कारण आन्दोलित हुनुपरेको बताउनुभयो । सभामुखले न्याय नगरेसम्म संसदको अवरोध जारी रहने उहाँले बताउनुभयो । संसदमा सत्ता पक्ष र सभामुखले निकास दिनुपर्ने उहाँको भनाई छ । बजेट बारे प्रमुख प्रतिपक्षीसँग सामान्य संवाद पनि नगरी जर्बजस्ती रुपमा ल्याइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘संसदमा प्रस्तुत भएका बिजनेश वा एजेण्डाहरु प्रति भन्दापनि हाम्रो सभामुखको कार्यशैली र सभामुखले नेकपा (एमाले)प्रति गरेको विभेदको कारणले गर्दा हामी अहिले संसदमा आन्दोलनमा छौँ ।

उहाँले त्यो प्रवृत्ति नसच्याएसम्म, त्यो घटनामा नेकपा (एमाले)लाई गरेको अन्यायमा उहाँले जबसम्म न्याय गर्नुहुन्न तबसम्म हाम्रो यो आन्दोलन जारी नै रहन्छ । हामीले सांकेतिक रुपमा नेकपा (एमाले)ले आफुमाथि भएको विभेद र सभामुख जस्तो जिम्मेवार व्यक्तिले गरेको गैरजिम्मेवार व्यवहारका विरुद्ध हामीले जे सांकेतिक रुपमा विरोध गरेका छौँ । त्यो अनवरत रुपमा जारी रहन्छ र उहाँले त्यो सच्याउनुपर्छ भन्ने हो । गरिमामय आशनमा बसेको व्यक्तिले लाक्षणिक विरोध र सांकेतिक विरोधको पनि अर्थ बुझ्नुपर्छ । यसको निकास सभामुखज्यूले नै दिनुपर्छ । सत्तापक्षले दिनुपर्छ । सभामुखले दिनुपर्छ । उहाँहरुसँग हामी जोडदार माग गर्न चाहान्छौँ । कसरी निकाश दिनुपर्छ भन्ने उहाँहरुले जान्ने कुरा हो । सभामुखले सूचना टाँस्नैपर्छ अन्यथा मार्ग प्रशस्त गर्नैपर्छ । बजेट बारे प्रमुख प्रतिपक्षीसँ सामान्य संवाद पनि नगरी जर्बजस्ती ल्याइएको छ ।’

प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिदैँ जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दल विभाजन सम्बन्धी अध्यादेश खारेज गरेर मात्रै मन्त्रिपरिषद्को बिस्तार हुने बताउनुभएको छ । दल विभाजन सम्बन्धी अध्यादेशले दलहरुलाई अस्थिर बनाउने, विभाजन गर्ने तथा विकृति फैलाउने भन्दै यसको खारेजी गर्नुपर्ने बताउनुभएको हो । हालसम्म मन्त्रालयको बाँडफाँड पनि नभएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘पहिलो, कुरा सरकारलाई पूर्णता दिनका लागि मन्त्रालयको बाँडफाँड हुनुपर्छ । त्यो भइसक्या छैन । दोस्रो, यो दलसम्बन्धी ल्याएको अध्यादेश यो खारेज हुन्छ । र त्यो खारेज हुन बित्तिकै मन्त्रीपरिषद्को बिस्तार हुन्छ । सरकारले पूर्णता पाउँछ । र अब हामी यसलाई चाडै गछौँ । यो गलत छ । दलहरुलाई अस्थिर बनाउने, विभाजन गर्ने, विकृति फैलाउने दलहरु भित्र र त्यसले अन्तत्वगत्वा लोकतन्त्रलाई अस्थिर बनाउने खालको अध्यादेश भएको हुनाले त्यसलाई खारेज गर्ने र मन्त्रिपरिषद् बिस्तार गर्ने ।’

सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिदैँ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले ४४ लाख कोरोना विरुद्धको खोप आइसकेको भन्दै अब १० दिन खोप वितरण गर्ने सरकारको योजना रहेको बताउनुभयो । उहाँले खोप लगाउन छुटेका विभिन्न क्षेत्रका १८ वर्ष माथिका उमेरसमुहलाई खोप व्यवस्था गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘४४ लाख खोप आइसकेको छ । जम्मा अहिलेसम्म १ करोड ७७ लाख खोप आएको छ । अहिले १० दिन खोप वितरण गर्ने योजना छ । जसमध्ये यो १८ वर्ष माथिका छुटेका विभिन्न सेक्टरमा लागेका सबैलाई खोप दिने व्यवस्था गर्न लागेका छौँ ।’राज्यमन्त्री श्रेष्ठले उत्तरी भेगका १३ वटा जिल्लामा पूर्ण रुपमा खोप लगाउने व्यवस्था गर्न लागेको पनि बताउनुभयो ।