९ असार २०८३, मंगलवार
,
Latest
महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आक्रमणपछि बुटवलका मेयरले भने ‘हामी बिच्चलित भएका छैनौं’



अ+ अ-

काठमाडौं । पहिरो अवलोकन गर्न जाँदा स्थानिय युवको हातपातमा परेका बुटवल उपमहानगरपालिकाका प्रमुख (मेयर) शिवराज सुवेदीले जनताको सेवामा लागेका आफहरुमाथी जस्तासुकै बाधा आएपनि पछि नहट्ने बताएका छन् ।

मेयर सुवेदी यस्तो अराजकता सृजना गर्ने र यस्तो विपदको बेलामा र जस्ले जे सक्छ त्यो गर्ने बेलामा मान्छेलाई उक्साउने र जनप्रतितिधिमाथी आक्रमण गर्ने काम आफुहरुले ठिक नमानेको र कार्यपालिकाको आपतकालिन बैठक बसेर घटनाबारे छानबिन हुने पनि बताए ।

साथै मेयर सुवेदीले आफुहरु जनताको सेवामा पुर्ण रुपमा समर्पित रहेको पनि बताए । साथै उनले थप्दै भने 'अबको युवावर्ग जनताका निम्ती सेवामा समर्पित हुनुपर्छ र जनताको सेवामा लागेकाहरुमाथी गरिने जुनु्कै अत्यचारका विरुद्धमा पनि खडा हुनुपर्छ भन्ने मलाई लाग्छ ।'

मेयर सुवेदीलाई स्थानियहरुसंगको छलफलमा रहँदै गर्दा अचाजक एक युवक आएर मेयर सुवेदीमाथी आक्रमण गरेको थियो । मेयर सुवेदीमाथी आक्रमण भएपछि जनपथ र  नगर प्रहरीले रोकेका थिए । लगातार वर्षाका कारण पहिरो खस्दा बुटवल उपमहानगरपालिका वडा नम्बर ३ ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको १० घर पुरिएका थिए भने ५० बढी घर उच्च जोखिममा परेका थिए ।

आज मात्रै पनि सो क्षेत्रमा पहिरो खसेको छ । पहिरोका कारण सो क्षेत्रका करिब दुई दर्जन घरलाई क्षति पुर्याएको खबर छ ।

यो पनि: पहिरो अवलोकन गर्न गएका बुटवलका मेयरमाथि पहिरोपीडितले गरे मुक्का प्रहार (भिडियोसहित)