५ श्रावण २०८३, मंगलवार
,
Latest
सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्य एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन कीर्तिपुरमा आगलागी भएको गाडीबाट पुरुषको शव बरामद वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव वैदेशिक रोजगारका ४० हजारभन्दा बढी पुराना फाइल डिजिटलाइज गरिँदैः ठगी शुन्यमा झार्ने श्रममन्त्रीको उद्घोष ज्येष्ठ नागरिकको अधिकारको विषयमा छुट्टै महासन्धि बन्दै प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीविरुद्ध मात्र उजुरी, साउन १२ र १३ गते सुनुवाई हुने भरतपुर अस्पतालमा बिरामीको उच्च चाप
तपाईं के खोज्दै हुनुहुन्छ ?

छिटपुट घटनालाई लिएर समग्र निर्वाचनप्रति संशय व्यक्त गर्नु उपयुक्त हुँदैन : प्रधानमन्त्री



file
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले छिटफुट घटनालाई लिएर स्थानीय तहको निर्वाचनमा धाँधली भएको भन्न नमिल्ने बताउनु भएको छ ।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री देउवाले सीमित स्रोत, साधनको बीचमा पनि स्थानीय तह निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको दावी समेत गर्नु भयो । उहाँले सार्वभौम जनता निर्णायक शक्ति हुने भएकाले निर्वाचनबाट प्राप्त जनमतलाई कदर गरेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पार्नु भयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘निर्वाचनको निष्पक्षताको बारेमा केही माननीय सदस्यहरुले चासो राख्नु भएको छ । यस सम्बन्धमा सरकारको धारणा स्पष्ट गर्न चाहन्छु । देशका एकैपटक निर्वाचन गर्नु चुनौतिको विषय हो । सीमित स्रोत, साधनको बीच पनि निर्वाचन समग्रमा शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न भएको छ । छिटफुट घटनालाई लिएर निर्वाचनको समग्र प्रक्रिया र परिणामलाई टिप्पणी गर्नु उपयुक्त हुँदैन । सार्वभौम जनतालाई यसको निर्णायक शक्ति भएकाले जनमतको कदर गर्नुको विकल्प छैन ।’

प्रधानमन्त्री देउवाको सम्बोधन जारी छ ।