५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रमुख प्रतिपक्षदलका नेताले सदनमा कुण्ठा व्यक्त गर्नुभयो : गगन थापा



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सासंद गगन थापाले प्रमुख प्रतिपक्षदलका नेताले सदनमा कुण्ठा व्यक्त गरेको बताउनु भएको छ । शनिबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रmममा थापाले भन्नुभयो प्रमुख प्रतिपक्षदलका नेता केपी शर्मा ओलीले संसदको रोष्ट्रममा उभिएर गन्थन प्रस्तुत गरेको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो स्थानीय तहको निर्वाचन पछि ओली रन्थनिनु भएको छ । रन्थनिएको बेला बालेको कुरालाई गम्भिर रुपमा लिन हुदैन ।

थापाले भन्नुभयो ‘नीति तथा कार्यक्रममाथिको छलफलमा प्रारम्भमै घण्टौंको गन्थन प्रस्तुत भैसकेपछि केही साथीहरूले भन्नुभयो, गन्थनमा व्यक्त भएको प्रत्येक कुराको उत्तर दिनुपर्छ । मैले साथीहरूलाई भनें, प्रश्नको उत्तर हुन्छ । विचारमा टिप्पणी हुन्छ । प्रतिक्रियामा सहमतिरअसहमति व्यक्त हुन सक्छ । तर, कुण्ठामा त्यस्तो केही पनि हुँदैनI’

थापाले भन्नुभयो ‘कुण्ठामा केवल सहानुभूति हुन्छ । त्यसैले यो बेलामा साथीहरूले भन्नुभयो घण्टौं बसेर बोल्ने रु भैले भनें, यतिखेर रन्थनिएको बेलामा बसेर, उठेर, सुतेर जसरी बोल्न दिए पनि हुन्छ । पलेटी कसेर बोले पनि हुन्छ । एक खुट्टामा टेकेर बोले पनि हुन्छ । अहिले हामीले सुनिदिनुपर्छ,।’

सासंद थापाले कहाँ बोल्ने ? कहिले बोल्ने ? भन्ने विषयमा स्वमं बोल्नेले हेक्का राख्नुपर्न विषय भएको बताउनु भयो ।

नीति तथा कार्यक्रमका बारेमा आफ्नो दृष्टिकोण राख्दै थापाले स्थानीय तहलाई प्रभावकारी बनाउनका लागि कानुनमा केही सुधार गर्नुपर्ने बताउनुभयो । उहाँले किसानले मल पाउने कि नपाउने, बिरामी हुँदा सहजरुपमा उपचार सेवा पाउने वा नपाउने भन्नेतर्फ ध्यान दिनसमेत आग्रह गर्नुभयो ।

अर्थतन्त्र समस्यामा पर्न थालेको उल्लेख गर्दै सांसद थापाले व्यापार घाटा बढेकाले समस्या समाधानका लागि अग्रसर हुनुपर्ने बताउनुभयो । उहाँले अमेरिकी डलरको सञ्चितिमा व्यवधान आउने खालका कुनै पनि आयात नगर्नेबारे सरकारले घोषणा गरेको खण्डमा नागरिकमा समेत विश्वास पैदा हुने बताउनुभयो ।

उहाँले हेलिकप्टर, मरिच, केराऊ, कुनै पनि सामान आयात नगर्नेतर्फ सरकार लाग्नुपर्ने स्पष्ट पार्नुभयो । आयात रोकेर मात्रै नहुने भएकाले निर्यात बढाउनेतर्फ पनि ध्यान दिनुपर्ने सांसद थापाको भनाइ छ । हरेक कुरालाई प्रमाणित गर्ने तरिकाले सरकार अगाडि बढ्नुपर्ने स्पष्ट पार्नुभयो ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा परेको चापलाई सम्बोधन गर्न सरकारले उपभोक्तालाई पनि राहत दिनेतर्फ लाग्नुपर्ने सांसद थापाको भनाइ छ ।

सांसद थापाले काठमाडौँ उपत्यकाको फुटपाथ विस्तार, निर्माण, पुनःस्थापनालगायत विषयलाई सरकारले सङ्केत गरेकामा धन्यवाद दिनुभयो ।




भर्खरै