१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नीति तथा कार्यक्रममा परराष्ट्र नीति तथा बाह्य सम्बन्धमा देखा परेको अयोग्यतालाई सरकारले लुकायो’



अ+ अ-

काठमाडौं । नेकपा(एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नीति तथा कार्यक्रममा परराष्ट्र नीति तथा बाह्य सम्बन्धमा देखा परेको अयोग्यतालाई सरकारले लुकाएको बताउनुभएको छ ।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले सरकारले नीति तथा कार्यक्रममा परराष्ट्र नीति तथा बाह्य सम्बन्धमा देखा परेको अयोग्यता र राष्ट्रिय हित विपरितका कुराहरुलाई लुकाउने प्रयास गरेको बताउनुभएको हो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाको पछिल्लो भारत भ्रमणको क्रममा ईपिजी प्रतिवेदन र चुच्चे नक्साको कुरा नगर्नु खेदजनक भएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘यो नीति तथा कार्यक्रममा सरकारले परराष्ट्र नीति तथा बाह्य सम्बन्धमा देखा परेको चरम अयोग्यता र राष्ट्रिय हित विपरितका कुराहरुलाई लुकाउने प्रयास गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाजीले भारत भ्रमणका समयमा आफ्ना कुरा उठाउन सक्नुभएन । म लज्जाबोध गर्दछु । त्यहाँ उहाँको लाचारीपूर्ण उपस्थिति मात्रै रह्यो । यो आरोप फत्तुर होइन, एउटा दुर्भाग्यपूर्ण यथार्थ के हो भने हाम्रो प्रधानमन्त्रीजीको उपस्थिति त्यस्तो रह्यो जसमा हामी दुःख व्यक्त गर्न सक्छौँ । नेपाल–भारत दुवै देशका सरकारका प्रतिनिधिहरुको तर्फबाट सहमतीमा तयार गरिएको ईपिजीको अनिश्चित बनाउन खोजिएको प्रतिवेदन तथा नेपालको चुच्चे नक्सा जस्ता महत्वपूर्ण विषयमा प्रधानमन्त्रीजीले चूँ सम्मपनि गर्नुभएन । यो खेदजनक कुरा थियो ।’

उहाँले पछिल्लो समय भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री देउवाको उपस्थिति लज्जाजनक भएको बताउनुभयो । त्यसैगरी उहाँले सरकार एक चिन नीतिको विपरित अगाडी बढेको हो ? भन्ने प्रश्न समेत गर्नुभयो । अमेरिकी विदेश सहायक मन्त्रीको नेपाल भ्रमणका क्रममा तिब्बति शरणार्थीलाई भेट्न दिएको प्रति उहाँले आपत्ति जनाउनुभयो ।

उहाँले भन्नुभयो – ‘छिमेकी मुलुक चिनको विदेशमन्त्रीको नेपालमा गरिएको औपचारिक भ्रमणका समयमा नेपालका तर्फबाट विगतमा आफैँले सहमती गरेका बिआरआईका बारेमा केही बोलिएन । त्यसप्रति असहमती देखाइयो । पूर्वसहमती तथा समझदारीलाई वेवास्ता गर्ने काम गरियो । यस्तो काम शंका उठ्छ सभामुख महोदय कुनै शक्तिको इशारामा त गरिएको थिएन ? प्रश्न उठेको छ । के अब नेपालले सधैँभरी लिदै आएको एक चिन नीति विपरित आफुलाई अगाडी बढाएको हो ? होइन भने कुनै एउटा मुलुकको सहायकमन्त्रीको भ्रमणका अवसरमा तिब्बती शरणार्थी, ति तिब्बती शरणार्थीको आवरणमा कस्ता गतिविधिहरु प्रोत्साहित हुन्छ हामी सबैलाई थाहा छ, त्यो शिविरमा भेटघाट गर्न अनुमति दिने र त्यो आपत्तिजनक कामका बारेमा जिज्ञासा राखिदा परराष्ट्र मन्त्रालयका प्रवक्ताले आफुहरुलाई थाहा नभएको भनि गैरजिम्मेवार जवाफ दिने काम कसरी गरियो ?’

उहाँले एमालेलाई हमला गरेर सिध्याउने र स्थानीय तहको निर्वाचन नगरेर डरलाग्दो रिक्तता सिर्जना गर्ने सत्तारुढ गठबन्धनको योजना असफल भएको बताउनुभयो ।