२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू

चेल्सीलाई पेनाल्टीमा हराउँदै लिभरपुलले उचाल्यो काराबाओ कपको उपाधि

चेल्सीलाई पेनाल्टीमा हराउँदै लिभरपुलले उचाल्यो काराबाओ कपको उपाधि
अ अ+ अ-

एजेन्सी । काराबाओ कप (इएफएल) फुटबलको उपाधि लिभरपुलले जितेको छ ।

आइतबार राति भएको फाइनल खेलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा ११-१० गोल अन्तरले हराउँदै लिभरपुल च्याम्पियन बनेको हो ।

वेम्बली स्टेडियममा निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समय गोलरहित बराबरी भएपछि खेलको छिनोफानो पेनाल्टीमा लागेको हो । 

पेनाल्टी अघि खेलको ६७ औं मिनेटमा लिभरपुलका माटिपले गोल गरेका थिए । तर, भीएआरले अफसाइड देखाएपछि उनको गोलले मान्यता पाएन ।

यस्तै, ७८ औं मिनेटमा चेल्सीका काइ हार्भटेजको गोल अफसाइड रह्यो ।

यस्तै खेलको अतिरिक्त समयमा चेल्सीका रोमेरो लुकाकुको गोल पनि भीएआरले अफसाइड देखाएको थियो । रोमाञ्चक बनेको खेलको अतिरिक्त समयमै हार्भटेजको अर्को गोल अफसाइड रह्यो ।

योसँगै लिभरपुलले कीर्तिमानी नवौं पटक काराबाओ कपको उपाधि जित्न सफल रह्यो । 

पछिल्लो पटक लिभरपुल २०११/१२ को सिजनमा च्याम्पियन बनेको थियो ।