२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलालीको गोदावरी नगरपालिकाको सडक निर्माणमा अनियमितता, ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता



अ+ अ-

काठमाडौं । कैलालीको गोदावरी नगरपालिकाको बजेटबाट सञ्चालित १३ वटा सडकको ठेक्कामा अनियमितता भएको भन्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर र ठेकेदार समेत गरी ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्ट र देव राज जोशी, तत्कालीन इन्जिनियर पूर्ण कुँवर, तत्कालीन सब–इन्जिनियर भक्तराज जोशी र नरेन्द्र शाही, प्राविधिक पूर्वाधार कार्यालयमा कार्यरत ल्याब टेक्निसियन धन बहादुर बिष्ट र निर्माण व्यवसायी संतोष जोशीलाई प्रतिवादी बनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

नगरपालिकाको बजेट परिचालनबाट विभिन्न निर्माण व्यवसायीबाट कार्य सम्पादन भएका १३ वटा सडकका ठेक्काहरुमा भुक्तान भएको परिमाणको स्थलगत निरीक्षणमा स्थानीय जनप्रतिनिधी, सम्बन्धित निर्माण व्यवसायी र ठेक्का कार्यान्वयन गराउने नगरपालिकाका प्राविधिकहरुको उपस्थितिमा गुणस्तर परीक्षण नतिजा बाहेक खुद नापजाँचबाट निर्धारित शर्त तथा मापदण्डविपरीत निर्माण कार्य गराइएको भन्दै प्रतिवेदन पेस भएको थियो ।

उक्त प्रतिवेदनका सन्दर्भमा अनुसन्धानका क्रममा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्ट र देव राज जोशीले प्राविधिकको कार्यक्षेत्रमा प्रवेश गरी गलत तथा गुणस्तरहीन कार्यको नापी किताबमा समेत सहमति जनाएको पाइएको अख्तियारको भनाई छ ।

अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विष्टविरुद्ध ४२ लाख ५३१ रुपैयाँ बिगो कायम गरेको छ भने जोशीको हकमा ६ लाख ७८ हजार २२० रुपैयाँ बिगो कायम गरिएको छ ।

यस्तै, तत्कालीन इन्जिनियर पूर्ण कुँवरको हकमा ४८ लाख ७८ हजार ७५१ रुपैयाँ बिगो दाबी गरिएको छ ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2022/05/akhtiyar.pdf”]