३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलालीको गोदावरी नगरपालिकाको सडक निर्माणमा अनियमितता, ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता



अ+ अ-

काठमाडौं । कैलालीको गोदावरी नगरपालिकाको बजेटबाट सञ्चालित १३ वटा सडकको ठेक्कामा अनियमितता भएको भन्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर र ठेकेदार समेत गरी ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्ट र देव राज जोशी, तत्कालीन इन्जिनियर पूर्ण कुँवर, तत्कालीन सब–इन्जिनियर भक्तराज जोशी र नरेन्द्र शाही, प्राविधिक पूर्वाधार कार्यालयमा कार्यरत ल्याब टेक्निसियन धन बहादुर बिष्ट र निर्माण व्यवसायी संतोष जोशीलाई प्रतिवादी बनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

नगरपालिकाको बजेट परिचालनबाट विभिन्न निर्माण व्यवसायीबाट कार्य सम्पादन भएका १३ वटा सडकका ठेक्काहरुमा भुक्तान भएको परिमाणको स्थलगत निरीक्षणमा स्थानीय जनप्रतिनिधी, सम्बन्धित निर्माण व्यवसायी र ठेक्का कार्यान्वयन गराउने नगरपालिकाका प्राविधिकहरुको उपस्थितिमा गुणस्तर परीक्षण नतिजा बाहेक खुद नापजाँचबाट निर्धारित शर्त तथा मापदण्डविपरीत निर्माण कार्य गराइएको भन्दै प्रतिवेदन पेस भएको थियो ।

उक्त प्रतिवेदनका सन्दर्भमा अनुसन्धानका क्रममा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्ट र देव राज जोशीले प्राविधिकको कार्यक्षेत्रमा प्रवेश गरी गलत तथा गुणस्तरहीन कार्यको नापी किताबमा समेत सहमति जनाएको पाइएको अख्तियारको भनाई छ ।

अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विष्टविरुद्ध ४२ लाख ५३१ रुपैयाँ बिगो कायम गरेको छ भने जोशीको हकमा ६ लाख ७८ हजार २२० रुपैयाँ बिगो कायम गरिएको छ ।

यस्तै, तत्कालीन इन्जिनियर पूर्ण कुँवरको हकमा ४८ लाख ७८ हजार ७५१ रुपैयाँ बिगो दाबी गरिएको छ ।

akhtiyar