२५ श्रावण २०८३, सोमबार
,
Latest
राष्ट्रिय गौरवका आयोजनाका लागि एउटै प्रभावकारी कानून बनाऔँ : सांसद डाँगी धार्मिक असहिष्णुता रोक्न स्पष्ट कानूनी र नैतिक आधार आवश्यकः सांसद महन्थ ठाकुर सरकारले सुशासन र सदाचारमा ध्यान दिन सकेनः सांसद सुनार सदाचार नीति कार्यान्वयनमा सांसद भट्टको जोडः ‘अरूलाई सुधार्नुअघि आफू सुध्रिन आवश्यक’ सदाचार नीति कार्यान्वयनका लागि इच्छाशक्ति आवश्यक, अतिरिक्त बजेट चाहिँदैनः सांसद देवकोटा राष्ट्रिय सदाचार नीति कार्यान्वयन र ऐन निर्माणका लागि सरकारलाई संसदीय समितिको निर्देशन उद्घाटनपछि पनि नागढुंगा सुरुङमार्ग पूर्ण क्षमतामा सञ्चालन नहुँदा राज्यलाई नोक्शानीः सभापति गजुरेल जग्गा हदअबन्दीसम्बन्धी व्यवस्था पुनरावलोकन गर्न सांसद थेवेको माग सामुदायिक वनलाई हरित अर्थतन्त्रको आधार बनाइनेः मन्त्री चौधरी ढल्केबरको ट्रमा सेन्टर निर्माण नरोकिने,लहानमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनपक्षीय पत्रकारिता र प्रगतिवादी सांस्कृतिक आन्दोलनमा सेनको भूमिका अतुलनीय: अध्यक्ष प्रचण्ड



अ+ अ-

काठमाडौँ । पत्रकार एवं साहित्यकार कृष्ण सेन ‘इच्छुक’ को २०औँ स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपालले चार पत्रकारलाई पुरस्कृत गरेको छ । ‘कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’बाट सङ्गठनका संस्थापक अध्यक्ष तथा इञ्चार्ज महेश्वर दाहाल र संस्थापक सदस्य तथा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष गोविन्द आचार्य पुरस्कृत हुनुभएको हो ।

रु ५० हजार राशिको २०७८ सालको उक्त पुरस्कार आचार्यलाई र २०७९ सालको पुरस्कार दाहाललाई प्रदान गरिएको सेन्टरका अध्यक्ष विष्णु सापकोटाले जानकारी दिनुभयो । अघिल्लो वर्ष कोरोनाका कारण पुरस्कार प्रदान गरिएको थिएन ।वरिष्ठ पत्रकार शक्ति लम्साल र तारा न्यौपानेको स्मृतिमा स्थापना गरिएको शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कारबाट उक्त सेन्टरका संस्थापक सदस्य तथा पूर्वउपाध्यक्ष बलराम थापा र पूर्वउपाध्यक्ष लक्ष्मी पुनलाई पुरस्कृत गरिएको छ । थापालाई २०७८ सालको र पुनलाई २०७९ सालको पुरस्कार प्रदान गरिएको हो । उक्त पुरस्कारको राशि रु २५ हजार रहेको छ ।

प्रेस सेन्टरले नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीको संयोजकत्वमा गोविन्द देवकोटा र गङ्गा बराल सदस्य रहेको पुरस्कार छनोट समिति गठन गरेको थियो । इच्छुकको २०औँ स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहालले ती पुरस्कार प्रदान गर्नुभयो । उहाँले जनपक्षीय पत्रकारिता, प्रगतिवादी सांस्कृतिक आन्दोलनमा सेनले निर्वाह गनुएभएको भूमिका उच्च र अतुलनीय रहेको बताउनुभयो । सेनको आदर्श, नैतिक बल र निष्ठाले जो कसैलाई पनि नतमस्तक बनाएको छ भने उहाँको बलिदानीले पार्टी, क्रान्ति र समग्र आन्दोलनलाई अपुरणीय क्षति पुर्याएकोअध्यक्ष दाहालले बताउनुभयो ।

सेन त्याग, तपस्या र बलिदानको प्रतिमूर्तिका रुपमा हुनुहुन्थ्यो तर पछिल्ला समय पार्टीका नेता कार्यकर्तामा त्यागको भावना हराउँदै गएकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो । राजनीतिको कठिन मोडमा सेन पार्टी र जनताका पक्षमा निर्भिकताका साथ उभिनुभएको स्मरण गर्दै अध्यक्ष दाहालले सेनले चलाउनुभएको कलमले नेपालको राजनीतिक परिवर्तनमा ठूलो भूमिका निर्वाह गरेको छ भन्नुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले नेपाली पत्रकारिता जगतले कठिन परिस्थितिमा पनि समाज रुपान्तरणमा योगदान पुर्याउँदै आएको बताउनुभयो । उहाँले प्रेस स्वतन्त्रता विरोधी कानून खारेज गर्न, आमसञ्चार प्रतिष्ठान गठन गरेर पत्रकारिताको विकासमा ध्यान दिन, आमसञ्चार नीतिलाई कार्यान्वयन गर्न र श्रमजीवी पत्रकारिता ऐनको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गर्नुभयो । प्राध्यापक गोपिन्द्र पौडेल र पत्रकार गोविन्द आचार्यले जनपक्षीय पत्रकारिता र प्रगतिवादी सांस्कृतिक आन्दोलनमा कृष्ण सेनले पुर्याउनु भएको योगदानका बारेमा चर्चा गर्नुभएको थियो । रासस




भर्खरै