• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस ★   टी-२० विश्वकप खेल्ने राष्ट्रिय खेलाडीलाई जनही १३ लाख पुरस्कार ★   पदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार ★   सरकारले केही व्यापारिक घरानाले कर छल्न सक्नेगरी बजेट ल्यायो: डा. आरजु राणा ★   सलमान खानको अपार्टमेन्ट बाहिर फाईरिङ​ भएको घटनामा थप एक जना पक्राउ ★   प्रधानमन्त्रीसँग सिपिपिसिसीका उपाध्यक्षको शिष्टाचार भेट ★   मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई महासंघ… ★   नर्वेद्वारा युक्रेनलाई १० करोड ३० लाख डलर सहयोग ★   मेलाबाट भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण ★   गजुरीदेखि चौतारा जोड्ने सडक कालोपत्र सुरु

आज तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ



काठमाडौं । काठमाडौं महानगरको नवनिर्वाचित मेयर बालेन्द्र (बालेन) साहकी श्रीमती सबिना काफ्लेले आफ्ना श्रीमान बालेन प्रतिको विश्वास र दृढताबारे दिल खोलेर प्रशंसा गरेकी छिन् ।

काफ्लेले श्रीमानको जितसंगै भावी दिनमा आउने चुनौतीहरु बारे पनि बालेनलाई सजक गराएका छन् । उनी आफ्ना श्रीमान बालेनप्रति गर्व गर्दै लेख्छिन् आज तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ र यसो भनिरहँदा मेरो मन अलिकति पनि खुम्चिएको छैन बरु गर्वले छाती फुलेको छ, शिर उचालीएको छ ।

शुक्रवार राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाको मत परिणाम सार्वजनिक गर्दै आयोगले मेयरमा बालेन्द्र (बालेन) साहको नाम औपचारिक रुपमा घोषणा गरेको थियो । नवनिर्वाचित मेयर बालेन्द्र (बालेन) साहको जितबारे सुरुवाती दिनहरुबाटै सजिलै जनताले अडकलबाजी गरिसकेका थिए । मतगणना भईरहँदा उनी सधैं अग्रस्थानमै रहेका थिए ।

त्यसैगरी श्रीमती सबिना काफ्लेले जनताले आफ्ना श्रीमान बालेनप्रति देखाएको विश्वास, माया र साथलाई पनि सम्झिँदैं लेख्छिन्- ‘घरी घरी डर पनि लाग्छ , अगाडि विशाल भवसागर छ , बाधा अड्चन चुनौतीहरूको अड्कल काट्न पनि मन डराउँछ तर फेरि जनमानसमा तिमी प्रतिको विश्वास सम्झन्छु, उहाँहरुको माया सम्झन्छु, उहाँहरुको साथ सम्झन्छु, तिम्रो दृढता सम्झन्छु अनि मन ढुक्क हुन्छ । चुनौतीहरु धेरै आउलान् तर तिमीले भन्ने गरेजस्तै गारो होला तर असम्भव छैन । तिमीलाई आफ्नो कार्यकालमा कहीँकतै नडगमगिने शक्ति मिलोस् ।’

श्रीमती काफ्लेको यो भनाईलाई हेर्दा उनी कहिँ कतै बालेनले यस जित प्रति खुसी संगसंगै अब उनको श्रीमानको जिवनमा आउने बाधा अड्चन र चुनौतीहरूलाई सम्झेर गम्भिर रहेको पनि देखिन्छ । त्यसो त नवनिर्वाचित मेयर बालेन साहको जितपछिको विजय उत्सव तथा धन्यवाद र्यालीले पनि उनको समर्थक र शुभचिन्तकहरुको कुनै कमि नरहेको छर्लङ्ग पारिसकेको छ ।

सयौंको संख्यामा मानीसहरु बालेनको समर्थनमा सडकमा उत्रिएका छन् । मतगणना स्थाल राष्ट्रिय सभा गृह अगाडि बसेर बालेनको जितको उत्सव मनाईरहेका छन् ।

अन्तिममाः श्रीमती काफ्ले लेख्छिन्- ‘घर भित्रबाट जितेर हिँडेको मानिसको बाहिर कहिले पनि हार हुँदैन । म तिमीलाई कहिले हार्न दिने छैन । मेरा हरेक प्रार्थनामा तिम्रो सफलता हुनेछ । तिमीलाई हार्दिक बधाई । मलाई हार्दिक बधाई । हामी सबैलाई हार्दिक बधाई ।’

बालेन साहकी श्रीमती सबिना काफ्लेले सामाजिक सञ्जालमा यी सबै कुराहरु उल्लेख गरेकी छिन् ।