१४ भाद्र २०८३, आईतवार
,
Latest
बाढीपीडितका लागि अन्तरराष्ट्रिय झापाली समाजको १५ लाख सहयोग भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा ५९ शव ल्याइयो भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न चार केन्द्र तोकियो राहत वितरणमा सरकारनिकट संस्थालाई प्राथमिकता दिएको भन्दै कांग्रेस नेता आङ्देम्बेको आपत्ति माथिल्लो त्रिशूली–३ ‘ए’मा उद्धारका लागि स्काभेटर र डोजर हेलिकप्टरबाट लैजाँदै रसुवा बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुग्यो, २ हजार ५०२ जना अझै सम्पर्कविहीन बाढीग्रस्त क्षेत्रबाट ८० जना अलपत्र यात्रुलाई काठमाडौँ ल्याइयो: आजबाट ३ वटा गाडी सञ्चालनमा विपद्को मौका छोपी ग्यासमा अनियमितता गर्नेलाई कारबाही गर्न बुर्लाकोटीको माग त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जीतलाई उत्साह भन्दा पनि जिम्मेवारीको रुपमा लिएको छु: उपमेयर डंगोल



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले काठमाडौंबासीको असल जिम्मेवार जनप्रतिनिधिको रुपमा आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित निर्वाचित मतपरिणाम घोषणा कार्यक्रममा बोल्दै नवनिर्वाचित उपमेयर डंगोलले आफूले निर्वाचनको परिणामलाई उत्साहको रुपमा भन्दा पनि जिम्मेवारीबोधको रुपमा लिएको प्रतिक्रिया समेत दिनु भयो । आफूले निर्वाचनको बेला भन्ने गरेको स्वच्छ, सफा, जीवन्त, व्यवस्थित, सांस्कृतिक नगरी काठमाडौं महानगरपालिकालाई बनाउने अभियान आजैबाट सुरु भएको उल्लेख गर्दै उहाँले त्यसमा साथ दिन पनि सबै मतदाताहरुलाई आह्वान गर्नु भयो ।

उपमेयर डंगोलले आफूहरुको जीतले युवाहरुमा आशाको द्धिप बलेको उल्लेख गर्दै त्यसलाई निभ्न नदिने दृढता समेत व्यक्त गर्नु भयो । उहाँले भन्नु भयो, ‘यो जीतलाई मैले उत्साहभन्दा पनि जिम्मेवारीको रुपमा लिएको छु । यो जिम्मेवारीलाई कर्तव्यनिष्ट भई इमान्दारितपूर्वक काठमाडौंबासीको असल जिम्मेवार जनप्रतिनिधिको रुपमा काम गर्ने प्रतिवद्धता पनि यहाँहरुमाझ जाहेर गर्न चाहन्छु ।

यसको साथसाथै काठमाडौं महानगरपालिकालाई सुरुको दिनदेखि नै भन्दै आएको स्वच्छ, सफा, जीवन्त, व्यवस्थित सांस्कृतिक नगरी बनाउने यो अभियान आजबाटै सूरु भएको छ, औपचारिक रुपमा । यो अभियानमा जसरी यहाँहरुले युवाहरुलाई विश्वास गर्नु भएको छ । राजनीतिलाई फोहोरी खेल भन्ने युवा जमात बढिरहँदा यो जीतले केहीनकेही आशाको किरण, आशाको द्धीप थपि दिएको छ । र, यो आशाको द्धीपलाई निभ्न दिनेछैन । यसका लागि यहाँहरुलाई पनि साथ दिनुपर्छ । एक-अर्काको खुट्टा तान्ने प्रवृतिबाट माथि उठनुपर्छ । म भन्ने शब्दभन्दा माथि उठनु पर्छ । हामी भएर काम गर्नुपर्छ । गल्ती भए सुधारका लागि खवरदारी गर्नुहोला ।’

उपमेयर डंगोलले एक-अर्काको खुट्टाको तान्ने प्रवृत्तिभन्दा माथि उठेर काम गर्ने आफ्नो योजना रहेको पनि बताउनु भयो । उहाँले आफूहरुबाट गल्ती हुन नदिन आम मतदाताले खवरदारी गरिरहने विश्वास समेत व्यक्त गर्नु भयो ।