• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   आउँदो २०८४ साल सम्म एकीकृत समाजवादी र कलम चिन्ह रहन्छ कि रहदैन थाहा छैन: पूर्वमन्त्री… ★   भारतका प्रधान न्यायाधीश डा चन्द्राच्युड नेपालमा ★   निराश हुनुपर्ने अवस्था छैन: अध्यक्ष ढकाल ★   अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छः दूरसञ्चार प्राधिकरण ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   डर्टमण्डका लिजेण्ड रोएसले सिजनको अन्त्यमा क्लब छाड्ने ★   काठमाडौं महानगरद्वारा न्युरोड क्षेत्रमा गरेको व्यवसाय र घरबहाल कर सम्बन्धि अनुगमन ★   खेलकुद ऐन संशोधन गरिँदै, विद्यमान ऐन नै हुन सकेको छैन पालना ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   आगलागीमा करोडौँको क्षति

प्रतिपक्षी दलका नेतामाथि मन्त्रीको अस्वाभाविक टिप्पणी, एमालेको विरोध, बैठक रोकियो (भिडियोसहित)



काठमाडौं । प्रतिनिधिसभामाको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले प्रमुख प्रतिपक्ष दलका नेता केपी ओलीमाथि विभिन्न आरोप लगाएपछि संसद् बैठक अवरुद्ध भएको छ ।

मन्त्री बडुले पूर्वप्रधानमन्त्री एवं प्रतिपक्षदलका नेता ओलीलाई कमिसनमा लिप्त रहेको, सत्ता छाड्नु परेको तथा कुण्ठा व्यक्त गरेको टिप्पणी गर्नुभएको थियो । मन्त्री बडुले ‘साउनको महिनामा दृष्टि गुमाएको गोरूले सधैँ हरियो देख्छ’ भन्ने उखान स्मरण गराउँछुु भन्ने अभिव्यक्ति दिनुभएको थियो ।

उहाँले ओली प्रधानमन्त्री हुँदा कमिसनको चास्नीमा डुबेको आरोपसमेत लगाउनुभयो । उहाँले भन्नुभयो ‘आफू प्रधानमन्त्री हुँदा कमिसन नै कमिसनको चास्नीमा रमाइरहेको अवस्थामा सत्ता गुमाउन परेकोले कमिसनबाहेक के नै देख्न र सोच्न सक्दछ र भन्ने कुरालाई स्मरण गराउँछु । यस कुराले पूर्वप्रधानमन्त्री र प्रतिपक्षी दलका नेताकै व्यक्तित्व र गरिमालाई कति क्षति पुर्‍याएको छ स्वयं बुझ्ने विषय हो। सत्ता गुमाएको कुण्ठा र रोदन कम गर्न पनि म सुझाव दिन चाहन्छु।’

मन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले नियमापत्ति जनाएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले मन्त्रीले व्यक्त गरेका असंसदीय र अमर्यादित शब्द फिर्ता नलिँदासम्म बैठक चल्न नसक्ने बताउनुभएको थियो । एमालेको विरोधपछि १५ मिनेटको लागि बैठक रोकिएको छ ।