• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी ★   चैते धानमा किसानको आकर्षण बढ्दै ★   खेतालालाई दिने ज्याला नपुग्ने भएपछि बगानमै छाडियो कुचो ★   हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले पर्यटन क्षेत्र निरुत्साहित भयो: अध्यक्ष ढकाल

काठमाडौं महानगरपालिकाको नवनिर्वाचित प्रमुख साहको धन्यवाद र्‍याली-फोटो फिचर



काठमाडौं । काठमाडौं महानगरपालिकको प्रमुखमा बालेन्द्र साह विजयी हुनुभएको छ । शुक्रवार राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाको मत परिणाम सार्वजनिक गर्दै आयोगले महानगरको प्रमुखमा बालेन्द्र साह विजयी भएको औपचारिक घोषणा गरेको हो ।

घोषणापछि बोल्दै नवनिर्वाचति मेयर साहले काठमाडौंलाई अबको ५ वर्षमा विश्वकै सुन्दर शहर बनाउने घोषणा गर्नुभयो । उहाँले काठमाडौंलाई एउटै परिवार ठानेर काम गर्ने प्रतिवद्धता जनाउनु भयो । नवनिर्वाचित मेयर साहले विजयलाई नयाँ कार्यको थालनीको रुपमा लिएको बताउनु भयो । उहाँले अबको ५ वर्ष आफ्ना कार्ययोजनालाई पूर्ण गर्ने बताउनु भयो ।

नवनिर्वाचित मेयर साहले भन्नुभयो, ‘शुरुवातको रुपमा लिएका छौं । यो हाम्रो विजय मात्र नभइ कार्यको शुरुवात हो । अबको ५ वर्षमा कार्ययोजनालाई पूर्र्ण रुपमा कार्य सम्पन्न गर्नेछौँ । काठमाडौंलाई परिवारको रुपमा लिएका छौँ । विश्वकै सुन्दर शहर बनाउनका लागि सहकार्य गर्नेछौँ ।’

काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित साहले ६१ हजार ७६७ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उहाँकी प्रतिद्वन्दी गठबन्धनबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जन सिंहले ३८ हजार ३४१, नेकपा एमालेका उम्मेदवार स्थापितले ३८ हजार ११७ मत प्राप्त गर्नुभयो । त्यस्तै काठमाडौं महानगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल ६८ हजार ६१२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

औपचारिक घोषणा कार्यक्रममा काठमाडौंका प्रमुख निर्वाचन अधिकृत राजुकुमार खतिवडाले नवनिर्वाचित मेयर साह र उपमेयर डंगोललाई जितको बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभयो ।

साहको धन्यवाद र्‍याली

काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएकोऔपचारिक घोषणासँगै बालेन्द्र साहको धन्यवाद र्‍याली सुरु भएको छ । मेयर निर्वाचित भएको घोषणासँगै धन्यवाद र्‍याली गरेका छन् ।

सभागृहबाट सुरु भएको र्‍याली भद्ररकाली(त्रिपुरेश्वर-माइतीघर-बबरमहल-बिजुली बजारबाट यूएन पार्कतर्फ मोडिने छ । त्यहाँबाट शान्तिनगर-तिनकुने-कोटेश्वर-जडीबुटी पुगेर पुन: कोटेश्वर-तिनकुने फर्किएर सिनामंगल-एयर्पोर्टं तिलगंगा-गौशाला-चावहिल-महाराजगंज-सामाखुसी-नयाँ बसपार्क पुग्ने छ ।

र्‍याली नयाँ बसपार्क पुगेपछि बालाजु-स्वयम्भु हुँदै सितापाइला-कलंकी-बल्खु-कुलेश्वर-कालीकामी-टेकु-त्रिपुरेश्वर भएर रत्नपार्कस्थित खुलामञ्चमा सभामा परिणत हुनेछ ।