७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक

काठमाडौं महानगरपालिकाको नवनिर्वाचित प्रमुख साहको धन्यवाद र्‍याली-फोटो फिचर

काठमाडौंलाई परिवारको रुपमा लिएका छौँ । विश्वकै सुन्दर शहर बनाउनका लागि सहकार्य गर्नेछौँ ।’

काठमाडौं महानगरपालिकाको नवनिर्वाचित प्रमुख साहको धन्यवाद र्‍याली-फोटो फिचर
अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकको प्रमुखमा बालेन्द्र साह विजयी हुनुभएको छ । शुक्रवार राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाको मत परिणाम सार्वजनिक गर्दै आयोगले महानगरको प्रमुखमा बालेन्द्र साह विजयी भएको औपचारिक घोषणा गरेको हो ।

घोषणापछि बोल्दै नवनिर्वाचति मेयर साहले काठमाडौंलाई अबको ५ वर्षमा विश्वकै सुन्दर शहर बनाउने घोषणा गर्नुभयो । उहाँले काठमाडौंलाई एउटै परिवार ठानेर काम गर्ने प्रतिवद्धता जनाउनु भयो । नवनिर्वाचित मेयर साहले विजयलाई नयाँ कार्यको थालनीको रुपमा लिएको बताउनु भयो । उहाँले अबको ५ वर्ष आफ्ना कार्ययोजनालाई पूर्ण गर्ने बताउनु भयो ।

नवनिर्वाचित मेयर साहले भन्नुभयो, ‘शुरुवातको रुपमा लिएका छौं । यो हाम्रो विजय मात्र नभइ कार्यको शुरुवात हो । अबको ५ वर्षमा कार्ययोजनालाई पूर्र्ण रुपमा कार्य सम्पन्न गर्नेछौँ । काठमाडौंलाई परिवारको रुपमा लिएका छौँ । विश्वकै सुन्दर शहर बनाउनका लागि सहकार्य गर्नेछौँ ।’

काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित साहले ६१ हजार ७६७ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उहाँकी प्रतिद्वन्दी गठबन्धनबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जन सिंहले ३८ हजार ३४१, नेकपा एमालेका उम्मेदवार स्थापितले ३८ हजार ११७ मत प्राप्त गर्नुभयो । त्यस्तै काठमाडौं महानगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल ६८ हजार ६१२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

औपचारिक घोषणा कार्यक्रममा काठमाडौंका प्रमुख निर्वाचन अधिकृत राजुकुमार खतिवडाले नवनिर्वाचित मेयर साह र उपमेयर डंगोललाई जितको बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभयो ।

साहको धन्यवाद र्‍याली

काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएकोऔपचारिक घोषणासँगै बालेन्द्र साहको धन्यवाद र्‍याली सुरु भएको छ । मेयर निर्वाचित भएको घोषणासँगै धन्यवाद र्‍याली गरेका छन् ।

सभागृहबाट सुरु भएको र्‍याली भद्ररकाली(त्रिपुरेश्वर-माइतीघर-बबरमहल-बिजुली बजारबाट यूएन पार्कतर्फ मोडिने छ । त्यहाँबाट शान्तिनगर-तिनकुने-कोटेश्वर-जडीबुटी पुगेर पुन: कोटेश्वर-तिनकुने फर्किएर सिनामंगल-एयर्पोर्टं तिलगंगा-गौशाला-चावहिल-महाराजगंज-सामाखुसी-नयाँ बसपार्क पुग्ने छ ।

र्‍याली नयाँ बसपार्क पुगेपछि बालाजु-स्वयम्भु हुँदै सितापाइला-कलंकी-बल्खु-कुलेश्वर-कालीकामी-टेकु-त्रिपुरेश्वर भएर रत्नपार्कस्थित खुलामञ्चमा सभामा परिणत हुनेछ ।