२५ भाद्र २०८३, बिहीबार
,
Latest
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ काठमाडौँ उपत्यकामा नयाँ रुटसहीत रात्रि बसको सेवा विस्तार विपक्षी दलले भोटेकोशी बाढीबारे सरकारको ध्यानाकर्षण गराउने भोटेकोशी बाढीपीडितलाई मनोसामाजिक परामर्श दिन कांग्रेसले जनशक्ति तयार ग्यास अभावविरुद्ध सडकमा दाउरा बालेर विद्यार्थीको सांकेतिक प्रदर्शन- फोटो फिचर भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो १२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय सङ्घीय अस्पतालमा शवगृह बनाइने उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार…
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानले ईपीएल आयोजना गर्न स्वीकृति नदिएपछि सर्वोच्चमा रिट



अ+ अ-

काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (ईपीएल) आगामी संस्करण आयोजना गर्न नेपाल क्रिकेट संघ (क्यान) ले स्वीकृति नदिएपछि ईपीएल प्रालिले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ ।

ईपीएलले क्यानलाई विपक्षी बनाई बिहीबार अन्तरिम आदेशको मागसहित सर्वोच्चमा रिट दायर गरेको हो । ईपीएलले बिहीबार एक विज्ञप्ति जारी गर्दै सर्वोच्चमा रिट दायर गरिएको जानकारी गराएको छ ।

क्यान आफैँले फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० प्रतियोगिता गर्ने निर्णय गरेको छ । त्यसैले नेपालमा भइरहेका अन्य फ्रेन्चाइज क्रिकेटलाई राष्ट्रिय प्रतियोगिताका रुपमा स्वीकृति नदिने क्यानले निर्णय गरेको थियो ।

ईपीएलले पनि सोमबार क्यानले स्वीकृति नदिए क्यानका सबै कार्यक्रम बहिष्कार गर्ने चेतावनी दिएको थियो । सो धम्कीपूर्ण चेतावनीप्रति क्यानले खेद प्रकट गरेको थियो । यद्यपि ईपीएलले क्यानलाई त्यस्तो कुनै धम्कीपूर्ण चेतावनी नदिएको स्पष्ट गरेको छ ।

क्यानले बुधबार मात्रै बोर्ड बैठकको निर्णय सार्वजनिक गरेको थियो । निर्णयअनुसार क्यानले अब नेपालमा एउटा मात्र आधिकारिक लिग प्रतियोगित गरिने र अन्य लिगलाई राष्ट्रिय मान्यता नदिने, क्षेत्रीय लिग गराउने भएको छ ।

क्यानको सो निर्णयविरुद्ध ईपीएल र सबै छ वटै फ्रेन्चाइज टिमले सर्वसम्मत कानूनी मार्ग खोज्ने निर्णय गरिएको ईपीएलको वक्तव्यमा उल्लेख छ ।