६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङका पालिकामा कांग्रेस र वडामा एमाले बढी



अ+ अ-

तुलसीपुर । दाङका पालिकामा कांग्रेसले वर्चस्व जमाएको छ, भने वडामा नेकपा (एमाले) अगाडि छ । दश स्थानीय तहमध्ये कांग्रेसले पाँच, नेकपा (माओवादी केन्द्र)ले तीन र एमालेले दुई स्थानीय तहमा जित हात पारेको छ ।

दाङका दुई उपमहानगरपालिकामा एमालेले जितेको छ । घोराही उपमहानगरपालिकाको नगरप्रमुखमा नरुलाल चौधरी र उपप्रमुखमा हुमा डीसी विजयी हुनुभएको छ, भने तुलसीपुर उपमहानगरको नगरप्रमुखमा टीकाराम खड्का र उपप्रमुखमा स्यानी चौधरी विजयी हुनुभएको छ । त्यस्तै कांग्रेसले लमही नगरपालिकासहित राजपुर, दङ्गीशरण, शान्तिनगर र बबई गाउँपालिकामा विजयी हासिल गरेको छ । यी पालिकामा कांग्रेसले प्रमुख र उपप्रमुख दुवै जित हात पारेको हो ।

त्यस्तै माओवादी केन्द्रले बङ्गलाचुली, राप्ती र गढवा गाउँपालिकामा विजयी हासिल गरेको छ । यी तीनवटै पालिकाको उपप्रमुखमा भने अन्य पार्टीका छन् । राप्तीको उपप्रमुखमा एमाले, बङ्गलाचुली र गढवाको उपप्रमुखमा कांग्रेस विजय भएको दाङका मुख्य निर्वाचन अधिकृत रीतेन्द्रबहादुर थापाले बताउनुभयो । दाङमा १० स्थानीय तह छन् ।

वडामा एमाले धेरै

वडामा भने एमालेले धेरै सिट जितेको छ । एक सय वडा रहेको दाङमा एमाले ४० वडाध्यक्ष जित्न सफल भएको छ । त्यस्तै कांग्रेसले ३७ र माओवादी केन्द्रले १९ वडा जितेको छ । त्यस्तै एकीकृत समाजवादी र जनमोर्चाले एक/एक तथा स्वतन्त्रले दाङमा दुई वडा जितेको छ ।

घोराहीमा १३ वडा एमालेले जितेको छ भने पाँच वडा कांग्रेस र एउटा वडा माओवादी केन्द्रले जितेको छ । तुलसीपुरमा १९ वडामध्ये १० वडा एमालेले, पाँच वडा कांग्रेस, तीनमा माओवादी केन्द्र र एउटा स्वतन्त्रले जितेको छ । लमही नगरपालिकामा आठ वडा कांग्रेस र एउटा वडा माओवादी केन्द्रले जितेको छ । राप्ती गाउँपालिकामा एमालेले चार, माओवादी केन्द्रले दुई, कांग्रेस, जनमोर्चा र एकीकृत समाजवादीले एक/एक वडा जितेका छन् ।

गढवामा माओवादी केन्द्रले चार, एमालेले दुई र कांग्रेसले दुई वडा जितेको छ । दङ्गीशरण गाउँपालिकामा चार वडा एमालेले जितेको छ भने तीन वडा कांग्रेसले जितेको छ । बङ्गलाचुली गाउँपालिकामा चार वडा माओवादी केन्द्रले विजयी हासिल गरेको छ भने चार वडा कांग्रेसले विजयी हासिल गरेको छ । बबई गाउँपालिकामा कांग्रेसले चार र एमालेले तीन पालिका जितेको छ ।

राजपुर गाउँपालिकामा माओवादी केन्द्रमा तीन एमाले र कांग्रेसले दुई/दुई वडा जितेका छन् । शान्तिगरमा कांग्रेसका तीन, एमालेका दुई, माओवादी र स्वतन्त्रका एक/एक वडाध्यक्ष निर्वाचित भएका छन् ।