• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo
Latest
★   गण्डकीका मुख्यमन्त्री अधिकारीले मागे विश्वासको मत ★   डढेलोका कारण दुनाटपरी बनाउने उद्योग सङ्कटमा ★   महिला टी–२० विश्वकप २०२४ को खेल तालिका सार्वजनिक ★   जापानी विदेशमन्त्री खामिखावा: वसन्तपुर क्षेत्रको अवलोकन– तस्बिरहरु ★   चिसो मौसममा भिक्षु विद्यार्थीलाई ज्याकेटले दिएको खुसी ★   सन्दीपको मुद्दामा जेठ १ गते पेशी ★   तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने ★   नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी ★   चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान देशभरका अस्पतालमा बिस्तार हुनुपर्छ: उपकुलपति बस्नेत ★   सुनसान जंगलमा भूतको जस्तो आवाज किन र कहाँबाट आउँछ ?

दाङका पालिकामा कांग्रेस र वडामा एमाले बढी



तुलसीपुर । दाङका पालिकामा कांग्रेसले वर्चस्व जमाएको छ, भने वडामा नेकपा (एमाले) अगाडि छ । दश स्थानीय तहमध्ये कांग्रेसले पाँच, नेकपा (माओवादी केन्द्र)ले तीन र एमालेले दुई स्थानीय तहमा जित हात पारेको छ ।

दाङका दुई उपमहानगरपालिकामा एमालेले जितेको छ । घोराही उपमहानगरपालिकाको नगरप्रमुखमा नरुलाल चौधरी र उपप्रमुखमा हुमा डीसी विजयी हुनुभएको छ, भने तुलसीपुर उपमहानगरको नगरप्रमुखमा टीकाराम खड्का र उपप्रमुखमा स्यानी चौधरी विजयी हुनुभएको छ । त्यस्तै कांग्रेसले लमही नगरपालिकासहित राजपुर, दङ्गीशरण, शान्तिनगर र बबई गाउँपालिकामा विजयी हासिल गरेको छ । यी पालिकामा कांग्रेसले प्रमुख र उपप्रमुख दुवै जित हात पारेको हो ।

त्यस्तै माओवादी केन्द्रले बङ्गलाचुली, राप्ती र गढवा गाउँपालिकामा विजयी हासिल गरेको छ । यी तीनवटै पालिकाको उपप्रमुखमा भने अन्य पार्टीका छन् । राप्तीको उपप्रमुखमा एमाले, बङ्गलाचुली र गढवाको उपप्रमुखमा कांग्रेस विजय भएको दाङका मुख्य निर्वाचन अधिकृत रीतेन्द्रबहादुर थापाले बताउनुभयो । दाङमा १० स्थानीय तह छन् ।

वडामा एमाले धेरै

वडामा भने एमालेले धेरै सिट जितेको छ । एक सय वडा रहेको दाङमा एमाले ४० वडाध्यक्ष जित्न सफल भएको छ । त्यस्तै कांग्रेसले ३७ र माओवादी केन्द्रले १९ वडा जितेको छ । त्यस्तै एकीकृत समाजवादी र जनमोर्चाले एक/एक तथा स्वतन्त्रले दाङमा दुई वडा जितेको छ ।

घोराहीमा १३ वडा एमालेले जितेको छ भने पाँच वडा कांग्रेस र एउटा वडा माओवादी केन्द्रले जितेको छ । तुलसीपुरमा १९ वडामध्ये १० वडा एमालेले, पाँच वडा कांग्रेस, तीनमा माओवादी केन्द्र र एउटा स्वतन्त्रले जितेको छ । लमही नगरपालिकामा आठ वडा कांग्रेस र एउटा वडा माओवादी केन्द्रले जितेको छ । राप्ती गाउँपालिकामा एमालेले चार, माओवादी केन्द्रले दुई, कांग्रेस, जनमोर्चा र एकीकृत समाजवादीले एक/एक वडा जितेका छन् ।

गढवामा माओवादी केन्द्रले चार, एमालेले दुई र कांग्रेसले दुई वडा जितेको छ । दङ्गीशरण गाउँपालिकामा चार वडा एमालेले जितेको छ भने तीन वडा कांग्रेसले जितेको छ । बङ्गलाचुली गाउँपालिकामा चार वडा माओवादी केन्द्रले विजयी हासिल गरेको छ भने चार वडा कांग्रेसले विजयी हासिल गरेको छ । बबई गाउँपालिकामा कांग्रेसले चार र एमालेले तीन पालिका जितेको छ ।

राजपुर गाउँपालिकामा माओवादी केन्द्रमा तीन एमाले र कांग्रेसले दुई/दुई वडा जितेका छन् । शान्तिगरमा कांग्रेसका तीन, एमालेका दुई, माओवादी र स्वतन्त्रका एक/एक वडाध्यक्ष निर्वाचित भएका छन् ।