११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘एमसीसी सम्झौताबारे प्रधानमन्त्री र प्रचण्डले प्रष्ट धारणा बनाउनुपर्छ’



अ+ अ-

काठमाडौं । पूर्व सूचना तथा सञ्चार मन्त्री तथा नेकपा एमालेका सांसद गोकुलप्रसाद बास्कोटाले एमसीसीको सम्झौता नेपाली काँग्रेसका सभापति तथ प्रधानमन्त्री शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दहाल 'प्रचण्ड'ले गरेको बताएका छन् । मंगलबार प्रेस चौतारी कास्कीले आयोजना गरेको कार्यक्रममा बोल्दै एमसीसी सम्झौता बारेमा उनीहरुले प्रष्ट धारणा बनाउनु पर्ने पनि बताएका हुन् । 

बास्कोटाले एमालेको सरकार भएका बेला एमसीसीको फाइल तत्कालीन सभामुख कृष्ण बहादुर महरा र अग्नि सापकोटाले घर्रामा थन्काइदिएको आरोप पनि लगाए । उनले विदेशसँगको सम्बन्ध बिगार्न देउवा र प्रचण्ड विभिन्न खेल खेलेको आरोप लगाए । 

कार्यक्रममा बोल्दै बास्कोटाले सत्तारुढ दलसँग झण्डै दुई तिहाइको बहुमत रहेको र 'एमसीसी पास गर्दा भयो नि, किन रोकेको ? एमाले किन चाहियो ?’ भन्दै प्रश्न समेत गरेका थिए । त्यस्तै बास्कोटाले एमसीसी पास फेल गर्ने काम सत्ता पक्षको भएको र यसमा एमालेको कुनै भूमिका नरहेको पनि बताए ।