• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

काकाकुल धरानेको प्यास बुझाउन हर्क साम्पाङ मैदानमा



काठमाडौं । धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्कराज राई साम्पाङ पानीको चरम हाहाकारलाई समाधान गर्न फिल्डमै खानेपानी मुहान अवलोकन गर्न पुगेका छन् ।

धरानको मुख्य समस्या पानीको व्यवस्थापनका निम्ति मेयर साम्पाङ फिल्डमा खटिएका हुन् ।

देशभरका अधिकांश मेयरहरु जितको खुशियाली मनाइरहँदा उनी भने फिल्डमा पुगेका हुन् ।

स्वतन्त्र उम्मेदवारको रुपमा धरान उपमहानगरपालिकामा प्रमुख पदमा निर्वाचित हुनुअघि साम्पाङले खानेपानी समस्यालाई प्रमुख एजेण्डा बनाएका थिए । उनले खानेपानी समस्यालाई समाधान गर्ने प्रतिवद्धता जनाएअनुरुप अग्रसर भएर लागेका हुन् ।