४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताबीच अनौपचारिक बैठक

काठमाडौं। मुलुकको विधायन प्रक्रिया पेचिलो मोडमा पुगेका बेला सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच बुधबार साँझ बालुवाटारमा भएको दुई पक्षीय छलफल राजनीतिक समन्वयका हिसाबले विशेष महत्त्वको मानिएको छ। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा बसेको अनौपचारिक बैठकमा संसदमा अवरुद्ध विधेयकहरू, बजेट