© 2023
काठमाडौं । सहकारी छानबिन सम्बन्धी संसदीय विशेष समितिले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनको बयान लिएको छ । बुटवलस्थित सुप्रिम वचत तथा ऋण सहकारी संस्थाका पूर्व सचिव समेत रहेका पुनलाई आज समितिको बैठकमा बोलाएर बयान लिइएको हो । यस अघि सुप्रिम सहकारी ठगी प्रकरणमा पुन पक्राउ परेका थिए ।
६० किलो सुन तस्करी प्रकरणमा छानबिनका दायरामा आएका व्यक्तिहरुसँग उठवस देखिएपछि पुनको सीआईबीले बयान लिएको बताइएको छ ।