© 2023
धनुषा। मधेस प्रदेशका प्रदेश प्रमुख डा सुरेन्द्रलाभ कर्णले सुशासन र समृद्धिका लागि नैतिक शिक्षा आधारभूत सर्त रहेको बताउनुभएको छ । मधेसी आयोगको आयोजना तथा इन्सेकको सहकार्यमा आज जनकपुरधाममा ‘नैतिकवान मधेस र सशक्त नैतिक शिक्षा’ कार्यक्रमअन्तर्गत ‘प्रशासनिक आचरण, उत्तरदायित्व र सुशासित–समृद्ध मधेस निर्माणमा सरोकारवालाहरूको भूमिका’ विषयक अन्तक्र्रिया सम्पन्न भएको थियो ।