© 2023
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसमक्ष जय मातृभूमि पार्टीको एक प्रतिनिधिमण्डलले भेट गरी आज ज्ञापनपत्र बुझाएको छ । उक्त पार्टीले केवल चुनावको तयारी मात्र नगरी सरकारले सुशासनको मूल कार्यादेशमा केन्द्रित हुनुपर्ने धारणा प्रधानमन्त्री समक्ष राखेको छ । प्रतिनिधिमण्डलमा पार्टीका वरिष्ठ नेता क्याप्टेन केबी लिम्बू, सहअध्यक्ष रामशरण पाण्डे, महासचिव गोविन्द गिरीलगायत थिए ।