२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
घाइते चितुवा मर्‍यो

अर्घाखाँची। जिल्लाको मालारानी गाउँपालिका—३ मा पासोमा परी घाइते भएको चितुवा मरेको छ । गाउँपालिका–३ टुनीपोखरीमा स्थानीयले वन्यजन्तुलाई थापेको पासोमा परी घाइते भएको चितुवालाई उद्धार गरी वन कार्यालय अर्घाखाँचीमा लगिएको थियो । उपचारको क्रममा आज दिउँसो पोथी माउ चितुवा मरेको डिभिजन वन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी केशव खड्काले जानकारी दिनुभयो ।