© 2023
कास्की। दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय, कास्कीले ‘चाडपर्व विशेष सुरक्षा योजना–२०८२’ लागू गरेको छ । चाडपर्वका बेला हुनसक्ने चोरी, डकैती, लुटपाट तथा उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न बनाइएको योजना कार्यान्वयनका लागि जिल्लामा ९२३ जना प्रहरी परिचालन गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।