© 2023
महोत्तरी। महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेष्ट सुगर एन्ड केमिकल इन्डष्ट्रिजले यसपालि उखु अभावले लक्ष्यअनुसार ‘क्रसिङ’ (उखु पेलेर चिनी बनाउने कार्य) गर्न सकेन । यसैकारण चैत मसान्तसम्म सञ्चालन हुनुपर्ने उद्योग उखुकै अभावमा फागुन मसान्तमै बन्द गर्नु परेको छ । गत मङ्सिर २६ गते उखु क्रसिङ सुरु गरेको उद्योगले बिहीबार उखु नपुगेपछि यसपालिको