२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबैभन्दा ‘ज्येष्ठ जुम्ल्याहा’मा गिनिज वर्ल्ड रेकर्ड्स खाख्दै जापानी दिदीबहिनी



अ+ अ-

दुई जापानी दिदीबहिनीलाई गिनिज वर्ल्ड रेकर्ड्सले विश्वकै सबैभन्दा ज्येष्ठ जीवित जुम्ल्याहाका रूपमा प्रमाणपत्र प्रदान गरेको छ।उनीहरू १ सेप्टेम्बरका दिन १०७ वर्ष ३०० दिनका हुँदा त्यस्तो प्रमाणित गरिएको हो।

उमेनो सुमियामा र कोउमी कोदामले यसअघि जापानकै अर्का जुम्ल्याहा दिदीबहिनीको नाममा रहेको कीर्तिमान तोडेका हुन्।

सन् १९१३ को नोभेम्बर ५ का दिन सोदोसिमा टापुमा जन्मिएका उमेनो र कोउमी निकै मिलनसार व्यक्तिका रूपमा परिचित छन्।

यो घोषणा सोमवार ज्येष्ठ नागरिकहरूप्रति सम्मान व्यक्त गर्ने दिनको अवसर पारेर गरिएको हो। त्यस दिन जापानमा राष्ट्रिय बिदा दिइन्छ।

कोभिड महामारीका कारण जापानका फरकफरक ठाउँमा रहेका उनीहरूलाई भिन्दाभिन्दै प्रमाणपत्र पठाइएको थियो। यसअघिका किन र जीन १०७ वर्ष १७५ दिनको कीर्तिमान कायम गरेका थिए।

किनको मृत्यु सन् २००० को ज्यानुअरीमा भएको थियो भने त्यसको एक वर्षपछि १०८ वर्षको उमेरमा जीनको मृत्यु भएको थियो। ती जुम्लयाहाको नामको अर्थ जापानी भाषामा सुन र चाँदी भन्ने हुन्छ।

सन् १८९२ को अगस्ट १ मा जन्मिएका उनीहरूको आफ्नो जीवनको अन्तिम दशकमा सञ्चारमाध्यमहरूमा निकै चर्चित बनेका थिए। उमेनो र कोउमीका परिवारका अनुसार उनीहरू दुवै यति लामो उमेर पुगेको विषयमा ठट्टा गरेका थिए।

उमेनोका चार र कोउमीका तीन सन्तान छन्। जापानको औसत आयु संसारकै उच्च मानिन्छ र त्यहाँ ज्येष्ठ नागरिकहरूप्रति अन्यत्रभन्दा धेरै सम्मान गर्ने गरेको पाइन्छ।

गिनिज बुकका अनुसार अहिले जीवित रहेका ज्येष्ठ नागरिक समेत जापानकै ११८ वर्षीय महिला कानी तानका छिन्। (बीबीसी)