९ भाद्र २०८३, मंगलवार
,
Latest
चीनबाट जनै आयात भएको तथ्याङ्क भेटिएन विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो मनसुनयता सरदरभन्दा कम वर्षा पहिचान र पुनःस्थापनाको माग गर्दै जनकपुरधाममा मुक्त हरवा–चरवाको प्रदर्शन विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ… भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउड अभिनेता सलमान खान नेपाल नआउने



अ+ अ-

काठमाडौं । बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम फेरि रोकिने भएको छ ।

उनी नआउने भएसँगै जेठ १४ गते दशरथ रंगशालामा हुने भनिएको ‘दबंग टुर रिलोडेड’ स्थगित हुन लागेको हो ।

आयोजकले सलमान खान लगायत टिमको माग पुरा गर्न नसकेका कारण कार्यक्रम रोकिने भएको बताइएको छ । यसबारे आयोजकले औपचारिक जानकारी विज्ञप्तिमार्फत दिने जनाएको छ ।

ओडीसी इन्टरटेन्मेन्ट र हिता ग्रुपको संयुक्त आयोजनामा हुने भनिएको उक्त कार्यक्रममा सलमानसँगै अन्य भारतीय कलाकारहरु सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतको टिम नेपाल आउने बताइएको थियो ।

आयोजकले कार्यक्रममा प्रवेशका लागि ५ हजार, १०, १५ र २५ हजारको टिकट समेत तोकेको थियो ।