५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक वर्षमा ६३८ मेगावाट बिजुली थप



अ+ अ-

काठमाडौं । एक वर्षमा ६३८ मेगावाट बिजुली उत्पादन भएको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले एक वर्षमा उक्त बिजुली उत्पादन गर्न सकेको बताउनुभयो ।

उक्त बिजुली उत्पादन भई राष्ट्रिय प्रसारणमा जोडिएको उहाँले जानकारी दिनुभयो । यस्तै, यो वर्ष ३२५ किलोमिटर सडक कालोपत्रे भएको र एक वर्षमा १२ हजार ६०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको पनि उहाँले बताउनुभयो ।

यसैगरी, ठूला आयोजना बाहेक अन्य आयोजना प्रदेश र स्थानीय तहबाट कार्यान्वयन गरिने र संघ, प्रदेश र स्थानीय तहको संयोजनमा प्राकृतिक स्रोतको समन्यायिक वितरण गरिने उहाँले बताउनुभयो ।