४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

दश महिनामा १४ खर्ब बढीको व्यापार घाटा

दश महिनामा १४ खर्ब बढीको व्यापार घाटा
अ+ अ-

– नवीन पौडेल
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा मुलुकको वैदेशिक व्यापार घाटा रु १४ खर्ब ३१ अर्ब ३० करोड पुगेको छ । चालु आवको पछिल्लो १० महिनामा गत आवको भन्दा २४ दशमलव ९४ प्रतिशत भन्दा बढी हो । अघिल्लो आवको पहिलो १० महिनामा मुलुकको व्यापार घाटा रु ११ खर्ब ४५ अर्ब ६३ करोड थियो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आवको वैशाख मसान्तसम्म मुलुकको वैदेशिक व्यापार रु १७ खर्ब ७८ अर्ब बराबर पुगेको छ । यस्तो व्यापार अघिल्लो आवका तुलनामा ३० दशमलव ४९ प्रतिशतले बढी हो । गत आवको १० महिनाका अवधिमा मुलकको वैदेशिक व्यापार रु १३ खर्ब ६२ अर्ब ५८ करोड बराबको थियो ।

सार्वजनिक तथ्याङ्कअनुसार वैदेशिक व्यापारमा उल्यख्य वृद्धि भए पनि आयातमुखी व्यापारका कारण मुलुकको व्यापार घाटा चुलिँदो देखिन्छ । विभागका अनुसार गत आवको पहिलो १० महिनाका तुलनामा मुलुकमा आयात २७ दशमलव ९५ प्रतिशतले बढेको छ । गत आवको वैशाख मसान्तसम्ममा रु १२ खर्ब ५४ अर्ब मूल्य बराबरका बस्तु आयात भएकामा चालु आवको समीक्षा अवधिसम्म आयात रु १६ खर्ब चार अर्ब पुगेको छ ।

त्यस्तै २०७७/७८ को पहिलो दश महिनाका तुलनामा चालु आवको निर्यात ५९ दशमलव ८० प्रतिशतले बढेको छ । गत आवको वैशाख मसान्तसम्म रु एक खर्ब आठ अर्ब ४७ करोड मूल्य बराबरका बस्तु निर्यात भएकामा चालु आवको समीक्षा अवधिमा रु एक खर्ब ७३ अर्ब बढी मूल्यका बस्तुको निर्यात भएको छ ।

विभागका अनुसार गत आवको पहिलो दश महिनासम्म कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९२ दशमलव ०४ प्रतिशत रहेकामा यस्तो हिस्सा एक दशमलव ९४ प्रतिशतले घटेर चालु आवमा ९० दशमलव २५ प्रतिशतमा आएको छ ।

त्यस्तै वैदेशिक व्यापारमा निर्यातको हिस्सा २२ दशमलव ४६ प्रतिशतले बढेको छ । गत आवको वैशाख मसान्तसम्म वैदेशिक व्यापारमा निर्यातको हिस्सा सात दशमलव ९६ प्रतिशत रहेकामा चालु आवमा नौ दशमलव ७५ प्रतिशत पुगेको छ । चालु आवको दश महिनामा नेपालको वैदेशिक व्यापारमा प्रमुख हिस्सा ओगट्ने पेट्रोलियम पदार्थको आयात धेरै रहेको देखिन्छ ।

यस आवको वैशाख मसान्तसम्म मुलुकमा रु एक खर्ब २३ अर्ब ७० करोड मूल्य भन्दा बढीको डिजेल भित्रिएको छ । त्यस्तै पेट्रोल रु ५४ अर्ब ८३ करोड तथा एलपी ग्यास रु ५२ अर्ब ५९ लाख बढीको भित्रिएको विभागले जनाएको छ । पेट्रोलियम पदार्थपछि भटमासको तेल आयात भएको तथ्याङ्कले देखाउँदछ । दश महिनाका अवधिमा रु ४९ अर्ब ४१ करोड मूल्य भन्दा बढीको भटमासको तेल आयात भएको छ ।

त्यस्तै नेपालबाट निर्यात भएका वस्तुमध्ये भटमासको तेल सबैभन्दा धेरै देखिएको छ । विभागको तथ्याङ्कानुसार स्वदेशबाट रु ४५ अर्ब ३५ करोड मूल्यभन्दा बढीकोे भटमासको तेल निर्यात भएको छ । व्यवसायीले भटमासको कच्चापदार्थलाई विभिन्न मुलुकबाट आयात गरी प्रशोधन गरेर निर्यात गर्ने गरेकाले यहाँको वैदेशिक व्यापारमा भटमासको तेलको योगदान देखिन्छ । जसले मुलुकको वैदेशिक व्यापारमा निर्यातको हिस्सा अल्पकालको लागि बढाएको देखिन्छ । त्यस्तै प्रकृतिको निर्यात हुने वस्तुमध्ये पाम तेल पनि एक हो । भटमासको तेत जस्तै पाम तेल पनि कच्चापदार्थ आयात गरी प्रशोधन भएर निर्यात हुने गरेको छ ।

सार्वजनिक विवरणानुसार चालु आवको पहिलो १० महिनासम्म रु ३७ अर्ब ९४ करोड मूल्य भन्दा बढीको पाम तेल निर्यात भएको छ ।

भारतबाट मात्रै रु नौ खर्ब बढीको आयात

सार्वजनिक तथ्याङ्कानुसार चालु आवको फागुनसम्म नेपालले भारतबाट करिब रु नौ खर्ब ९५ अर्बभन्दा बढी मूल्यमा वस्तु आयात भएको देखिन्छ, भने रु एक खर्ब ३७ अर्ब मूल्य बराबरका बस्तु निर्यात भएको छ । जसअनुसार नेपालको व्यापार घाटा भारतसँग मात्रै आठ खर्ब ५८ अर्ब भन्दा धेरै छ । त्यस्तै नेपालले चीनबाट रु दुई खर्ब २६ अर्ब मूल्य बराबरका बस्तु आयात गरेकामा रु ६७ करोड ४४ लाख मूल्य बराबरको बस्तु निर्यात गरेको देखिन्छ ।

विभागको विवरणानुसार चालु आवको १० महिनामा सबैभन्दा धेरै वीरगन्ज नाकाबाट रु पाँच खर्ब ७६ अर्ब भन्दा बढी मूल्य बराबरको बस्तु आयात भएको छ । त्यस्तै भैरहवा नाकाबाट रु दुई खर्ब ५० अर्ब बढी मूल्य बराबरका वस्तु आयात भएको तथ्याङ्क छ । नेपालले वीरगन्ज भन्सारबाट रु ७३ अर्ब नौ करोड, विराटनगर भन्सारबाट रु ४९ अर्ब २८ करोड तथा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नाकाबाट रु २६ अर्ब ४४ करोड भन्दा बढी मूल्यका वस्तु मुलुक बाहिर निर्यात भएको छ । रासस