१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। प्रधानमन्त्री समेत रहेका देउवाले भोलि दिउँसो ३ बजे बुढानिलकण्ठमा बैठक बोलाएका हुन्।

पदाधिकारी तथा पूर्व पदाधिकारीलाई निम्ता दिइएको बैठकमा समसामयिक विषयमा छलफल हुने कांग्रेस पार्टी कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए। 

महाधिवेशनको मुखमा रहेको कांग्रेसको १३ जिल्लाको क्रियाशील सदस्यता सूची अझै सार्वजनिक हुन सकेको छैन। यसैबीच, मंगलवार बसेको सत्तारुढ गठबन्धनको बैठकले डा नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्ने निर्णय गरेको बताइएको छ। 

यस निर्णयमा सत्तारुढ दलले सहमति जनाए पनि कांग्रेसकै संस्थापनइतरले विरोध गर्ने संकेत गरेका छन्। यस विषयमा पनि पदाधिकारी बैठकमा छलफल हुने बताइएको छ।