१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्क परराष्ट्रमन्त्री स्तरीय ‘साइडलाइन’ वार्ता रद्ध



अ+ अ-

काठमाडौं । दक्षिण एसियाली सहयोग संगठन (सार्क)परराष्ट्रमन्त्री स्तरीय साइडलाइन वार्ता नहुने भएको छ । अफगानिस्तानको प्रतिनिधित्व विषयमा सदस्य मुलुकहरुबीच कुरा नमिल्दा सार्क परराष्ट्रमन्त्री स्तरीय साइडलाइन वार्ता नहुने भएको हो । 

हरेक वर्ष संयुक्त राष्ट्रसंघको महासभा बैठकको क्रममा हुने (सार्क) परराष्ट्रमन्त्री स्तरीय साइडलाइन वार्ता हुने गर्दथ्यो । सेप्टेम्बर २५ मा वार्ताको मिति तय भएपनि सदस्य राष्ट्रबीच कुरा नमिलेपछि योजक मुलुक नेपालले अन्य मुलुकलाई बैठक रद्ध भएको जानकारी गराएको छ ।

काठमाडौंस्थित सार्क सचिवालयले सबै मुलुकलाई बैठक रद्ध गरिएको जानकारी गराइसकेको बताइएको छ ।