१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्रीमा खड्का नियुक्त



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.नारायण खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएकोको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 ‘परराष्ट्रमन्त्रीमा नारायण खड्कालाई नियुक्त गरिएको जानकारी राष्ट्रपतिलाई गराइसकिएको छ ।’ राष्ट्रपति कार्यालयले शपथ ग्रहण हुने समय तोक्न भने बााकी रहेको उनले बताए ।

समय निश्चित गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराउनेछिन् । आजै कार्यभार सम्हालेर मन्त्री खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने कार्यक्रम छ ।

डा. खड्कालाई मंगलबार बसेको सत्ता गठबन्धनका नेताहरुको बैठकमा परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो ।