११ भाद्र २०८३, बिहीबार
,
Latest
प्रधानमन्त्री शाह बाढी प्रभावित विदुरमा नेपालका परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय ट्रक यातायात व्यवसायी महासंघद्वारा बाढीमा सम्पर्कविहीन ट्रक र चालकको विवरण माग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग विपद् व्यवस्थापनमा साझा संयन्त्र र प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

लालबन्दीको स्वास्थ्य केन्द्रमा अक्सिजन प्लान्ट स्थापना



अ+ अ-

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका ९ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ ।

अस्ट्रेलियाली सरकारको आर्थिक, आड्रा नेपालको प्राविधिक सहयोग र बागमती सेवा समाज नेपाल हरिवन सर्लाहीको साझेदारीमा सञ्चालन भइरहेको कोभिड १९ आपत्कालीन उद्धार एवम् पुनस्थापना परियोजना अन्तर्गतको लालबन्दीमा अक्सिजन प्लान्टको स्थापना भएको सो स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष गोपालप्रसाद घिमिरेले बताउनुभयो ।

केन्द्र, मधेश प्रदेश, स्थानीय सरकारका साथै अस्टेलियन एड, ओपन हर्ट ईन्टरनेशनल, आड्रा नेपाल र बागमती सेवा समाज सर्लाहीको प्रयासमा सो प्लान्टको स्थापना गरिएको बागमती सेवा समाज सर्लाहीका अध्यक्ष भरतकुमार कार्कीले जानकारी दिनुभयो । सो प्लागन्टबाट कूल ४८ किलोको दैनिक २४ वटा अक्सिजन सिलिण्डर उत्पादन गर्न सक्ने सामाजिक विकास मन्त्रालय मधेश प्रदेशका स्वास्थ्य शाखा प्रमुख डा.मुक्ती नारायण साहले बताउनुभयो ।