९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

नीजि क्षेत्रलाई पेट्रोलिय पद्धार्थको आपूर्ति गर्न अनुमति दिनुपर्छः मन्त्री बडू

नीजि क्षेत्रलाई पेट्रोलिय पद्धार्थको आपूर्ति गर्न अनुमति दिनुपर्छः मन्त्री बडू
अ अ+ अ-

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले नीजि क्षेत्रलाई पेट्रोलिय पद्धार्थको आपूर्ति गर्न अनुमति दिनुपर्ने बताउनुभएको छ ।

आइतबार नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा आयोजना गरेको ‘विद्यमान विश्वव्यापी खाद्य तथा इन्धन समस्याको प्रभाव एवं समाधानका उपाय’ विषय अन्तरक्रियामा बोल्दै मन्त्री बडूले पेट्रोलियम पद्धार्थको आपूर्तिका लागि नीजि क्षेत्रलाई अनुमति दिनुपर्ने बताउनुभएको हो । नीजि क्षेत्रलाई पेट्रोलिय पद्धार्थको आपूर्ति गर्न दिएमा नेपाल आयल निगमसँग पनि मूल्यमा प्रतिस्पर्धा हुने र उपभोक्ताले कम मूल्यमा पाउन सक्ने उहाँले बताउनुभयो । पेट्रोलिय पद्धार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले दिर्घकालीन योजना बनाउन लागेको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘पेट्रोलियम पद्धार्थको आपूर्तिमा पनि नीजि क्षेत्रको सहभागिता कसरी गराउन सकिन्छ हामी त्यसरी पनि सोचिराखेका छौँ । एउटा अथोरिटी बनाइदिने हो भने र उसले रेगुलेट गर्ने हो भने नीजि क्षेत्रको पनि आपूर्तिकर्ताहरु आउँछन् भने एउटा प्रतिस्पर्धा सुरु हुन सक्छ मूल्यमा । त्यो मूल्यको प्रतिस्पर्धाले फाइदा त अन्तमा उपभोक्तालाई होला नि । र हाम्रो आयल निगमले मात्र आफुलाई फेरी व्यवस्थित गर्नुपर्ला, प्रतिस्पर्धामा ऊ पनि जानुपर्ला नि त । त्यसो गर्दा उसलाई एउटा प्रतिस्पर्धा खुलाइदिने हो कि ? दिर्घकालीन समाधान त्यो पो हो भन्ने कुरा भइरहेको छ । हाम्रो मन्त्रालयको टिम बसेर त्यसतर्फ काम गर्ने सुरुवात गरेका छौँ । र नीतिगत रुपमा हामीले नीजि क्षेत्रको प्रवेशलाई इन्धनको आपूर्तिमा पनि सहभागि गराउनुपर्छ । यतातर्फ दिर्घकालीन तयारीको आवश्यकता छ ।’

मन्त्री बडूले निस्क्रिय अवस्थामा रहेका उद्योगहरुलाई पनि नीजि क्षेत्रसँगको सहकार्यमा सञ्चालन गर्ने गृहकार्य गरिएको बताउनुभयो । उद्योग सञ्चालन गर्दा उत्पादन र रोजगारी बढ्ने उल्लेख गर्दै उहाँले नीजि क्षेत्रले भाडामा सञ्चालन गर्न चाहेमा दिने गरी मोडालिटी तयार गर्न लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘कतिपय रुग्ण उद्योगहरु अहिले निस्क्रिय अवस्थामा छ । तिनलाई सञ्चालन गर्ने र मुलुकमा रोजगारी सिर्जना गर्ने र निस्क्रिय रहेका उद्योगहरुलाई नीजि क्षेत्रको सहभागितामा अथवा सरकार, नीजि क्षेत्रको मोडलमा । अथवा लामो लिजमा नीजि क्षेत्र सञ्चालन गर्न आउँछ भने किन नदिने ? एकातिर रोजगारी बढ्छ अर्कोतिर उत्पादन बढ्छ । नीजि क्षेत्र त्यसरी आउँछ भने त्यो मोडालिटी तयारमा पनि अहिले हामी लागेका छौँ ।’

उहाँले आयात घटाउनु र राष्ट्रिय उत्पादन बढाउनु अहिलेको आवश्यकता भएको बताउनुभयो । आत्मनिर्भरताका लागि मेहनत गर्नुपर्ने मन्त्री बडूले बताउनुभयो ।