२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

शरीर सम्बन्धी १६ रोचक तथ्य यस्तो छ, थाहा पाइराख्नुस्



अ+ अ-

काठमाडौं । हाम्रो शरीरमा अनेकौं रहस्यहरू लुकेर बसेका छन् । हामीलाई त्यस्ता रहस्यका बारेमा पत्तै छैन ।  आज हामी त्यस्तै रहस्यको बारेमा कुरा गर्दै छौँ । जान्नुहोस् १६ रोचक तथ्य :

१) काँचो लसुन खानुभयो भने खुट्टामा तागत आउँछ ।

२) रक्सीको ह्यांगओभर हटाउन मह अत्यन्तै प्रभावकारी हुन्छ ।

३) गर्मीमा तपाईंको शरीरले करीब तीन ग्यालन पसिना बगाउँछ । 

४) संसारमा १०० मध्ये पाँच बच्चालाई रक्तचापको समस्या छ ।

५) देखेको र सुनेको हरेक कुरा हाम्रो दिमागले याद गरिराख्छ । 

६) दिनमा आधी घन्टा मात्र हिँड्नुभयो भने पनि हृदयघातको खतरा ६० प्रतिशतले घट्छ । 

७) कुनै कुनै व्यक्ति चाहेर पनि तौल कम गर्न सक्दैनन् किनकि उनीहरूको शरीरमा फ्याट सेल अरूको भन्दा धेर हुन्छ । 

८) हाम्रो शरीरको कुल वजनको दुई प्रतिशत मात्र भार दिमागको भएपनि शरीरको २० प्रतिशत अक्सिजन यसलाई आवश्यक हुन्छ । यही अनुपातमा दिमागलाई क्यालोरीको पनि आवश्यकता पर्छ । 

९) बीस वर्षभन्दा बढी हुनुभएको छ भने वर्षको एकचोटि शरीरको जाँच गराउनुस् । कोलेस्ट्रोल, रक्तचाप र चिनीको मात्रा सही छ कि छैन भनी थाहा पाइराख्नुपर्छ ।

१०) खानाको नशा लागूऔषधको नशा जस्तै हुन्छ । यसले तपाईंको दिमागलाई बारम्बार खानातर्फ लग्छ र खाना खाँदा यसैकारण दिमाग एकदमै सक्रिय हुन्छ । 

११) कसरत गर्ने महिलालाई क्यान्सरको सम्भावना एकदमै कम हुन्छ । तर तपाईंले पर्याप्त निद्रा पनि पु–याउनुपर्छ । 

१२) बेकिङ सोडाले दाँत माझ्नुभयो भने दाँत चम्किलो हुन्छ ।

१३) गर्भमा छँदा पाएको भोजनको मात्रामा मानिस मोटो वा पातलो हुन्छ । 

१४) नङ, ओठ र गुप्तांगको माथिल्लो हिस्साबाट कहिले पनि पसिना आउँदैन । 

१५) संसारमा गोराहरू बीस हजार वर्षअघि थिएनन् । त्यसअघि मनुष्यहरू काला र गहुँगोरा मात्र हुन्थे । 

१६) फल र तरकारी खाँदा शरीरमा एकखाले अम्ल उत्पन्न हुन्छ जसले रोगसँग लड्न मद्दत गर्छ । (एजेन्सीको सहयोगमा)

उत्पन्न हुन्छ जसले रोगसँग लड्न मद्दत गर्छ । (एजेन्सीको सहयोगमा)