२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

करिब ३३ सय मत गन्न बाँकी हुँदा धरानमा हर्क साम्पाङको जित पक्का



अ+ अ-

धरान ८ जेष्ठ। धरान उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको जित पक्का भएको छ । अब तीन हजार ३०० हाराहारीमा मत गणना हुन बाँकी हुँदा उनी आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा चार हजार २०० भन्दा बढी मतान्तरले अघि छन् ।

लौरो चिह्न लिएर उम्मेदवारी दिनुभएका साम्पाङले अहिलेसम्म १९ हजार ५९७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले १५ हजार ३१६ मत हासिल गरेका छन् । नेकपा (एमाले) की मञ्जु भण्डारी सुवेदीले १२ हजार ३४८ मत प्राप्त गरेका छन् ।

धरानमा कूल ६२ हजार ८९८ मत खसेको थियो । अहिलेसम्म ५९ हजार ६१३ मत गणना भइसकेको छ । अब तीन हजार २८५ मत मात्र गन्न बाँकी छ । साम्पाङले आफ्ना निकटतम प्रतिद्वन्द्वी राईभन्दा चार हजार २८१ मतले अघि छन् ।

अब नेपाली कांग्रेसका राईले गणना हुन बाँकी सबै मत पाए पनि साम्पाङलाई भेट्न सक्ने छैनन् । त्यसैले साम्पाङको जित सुनिश्चित भएको हो ।