२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलालाबाद आक्रमणमा दुई तालिबानसहित तीन मारिए



अ+ अ-

जलालाबाद, अफगानिस्तान । पूर्वी अफगानिस्तानको एउटा प्रहरीचौकीमा बन्दुकधारीहरुले  बुधबार गरेको आक्रमणमा परी कम्तीमा दुई तालिबान लडाकू र एक सर्वसाधारणको। मृत्यु भएको छ । 

सुरक्षा स्रोत र प्रत्यक्षदर्शीले बताएअनुसार वर्षौंदेखि इस्लामिक स्टेट (आइएस) समूहले अफगानिस्तान मुख्य आधार क्षेत्र बनाउँदै आएको नान्गरहार प्रान्तको जलालाबाद शहरमा तालिबानलाई निशाना बनाएको यो पछिल्लो आक्रमण हो ।

रिक्शामा आएका अज्ञात बन्दुकधारीहरुले जलालाबादको घावचक जिल्लाको एक चेकपोस्टमा आक्रमण गरी दुई तालिबान गार्ड र एक सर्वसाधारणको हत्या गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । यस आक्रमणको तालिबानका एक अधिकारीले पनि पुष्टि गरेका छन् । तर उनले मृतक सबै सर्वसाधारण रहेको दाबी गरेका छन् । 

जिहादी समूहको स्थानीय शाखा इस्लामिक स्टेट्स खोरसानले यसै हप्ता भएको कैयौ आक्रमणको जिम्मा लिएको छ । यस आक्रमणहरुमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु पनि जनाइएको छ । अगस्त ३० मा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता पछि यो पहिलो घातक विस्फोट घटना भएको बताइएको छ ।  आईएस र तालिबान दुबै कट्टर सुन्नी इस्लामवादी उग्रवादी समूह हुन् । (रासस-एएफपी)