१९ मंसिर २०८२, शुक्रबार
,
Latest
हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगको अन्तिम खेल आजः उपाधि, शीर्ष चार र रेलिगेशन जोनमा कडा प्रतिस्पर्धा



अ+ अ-

एजेन्सी । विश्वकै प्रचिष्ठित फुटबल लिग इंग्लिस प्रिमियर लिगले आज राति २१/२२ सिजनको विजेता पाउँदैछ । उपाधिका लागि मात्र नरही शीर्ष चारमा रहेर च्याम्पियन्स लिग खेल्ने र रेलिगेशनबाट उत्रनका लागि पनि क्लबहरुबीच कडा प्रतिस्पर्धा हुँदैछ ।

लिग जित्न म्यानचेस्टर सिटी र लिभरपुल, युरोपेली च्याम्पियन्स लिग खेल्ने चौथो टिम बन्न टोटनहम र आर्सनल एवं अन्तिम रेलिगेसन पर्ने तेस्रो तथा अन्तिम टिम बर्नली कि लिड्स युनाइटेड को बन्नेछ भन्ने रोमाञ्चक क्षणको समाप्त आजै हुँदैछ ।

लिग लिडर सिटीले अन्तिम खेल १४ औं स्थानमा रहेको एस्टन भिल्लासँग खेल्दैछ । यो खेलमा जित निकालेमा सिटी च्याम्पियन बन्नेछ । अर्कोतर्फ दोस्रो स्थानमा रहेको लिभरपुलले आठौं स्थानमा रहेको वल्भ्सविरुद्ध खेल्दैछ । यदि सिटी एस्टन भिल्लासँग पराजित भएमा र लिभरपुलले वल्भ्सलाई हराएमा लिभरपुलले उपाधि उचाल्नेछ ।

यसैगरी, तालिकाको पुछारमा रहेको नर्वीचसँग टोटेनहमले प्रतिस्पर्धा गर्दैछ । पछिल्ला खेलहरुमा लयमा रहेको टोटेनहमलाई नर्वीचविरुद्ध जित निकाल्न त्यती कठिन भने देखिँदैन । यदि यो खेलमा टोटेनहम पराजित भएमा उता पाँचौं स्थानमा रहेको आर्सनलले १६ औं स्थानको एभर्टनलाई पराजित गरेमा आर्सनल शीर्ष चारमा उक्लनेछ र च्याम्पियन्स लिग खेल्नेछ ।

अर्को रोचक पक्ष भनेको रेलिगेशनमा बर्नले र लिड्स युनाइटेड को पर्नेछ भन्ने रहेको छ । दुबैको ३५ अंक रहेको छ । बर्नलेले न्युक्यासलसँग र लिड्सले ब्रेन्टफोर्डसँग खेल्दैछ ।

लिगमा गोल्डेन बुट जित्नमा पनि उत्तिकै प्रतिस्पर्धा रहेको छ । लिभरपुलका मोहमद सलाह र टोटनहमका सन हेउङ मिन प्रतिस्पर्धामा छन् । सलाहले २२ र सनले २१ गोल गरेका छन् ।