९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नुवाकोटका १७ उम्मेदवारको शुन्य मत

नुवाकोटका १७ उम्मेदवारको शुन्य मत
अ अ+ अ-

त्रिशूली । स्थानीय तह निर्वाचन २०७९ मा नुवाकोटका केही उम्मेदवारले शुन्य मतदेखि दोहोरो अंकको मत सङ्ख्यासमेत कटाउन सकेनन् । बैशाख ३० गते भएको निर्वाचनमा जिल्लामा ६६४ पदका लागि भएको निर्वाचनमा दुई हजार एक उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए ।

जिल्लाका दुई लाख ३७ हजार ४३४ मतदातामध्ये प्रारम्भिक तथ्याङ्कअनुसार ७० प्रतिशतले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारमध्ये १७ जना उम्मेदवारले एकमत पनि पाएका छैनन् भने १२ जनाको एक–एक मत र १३ जनाले दुई–दुई मत मात्रै पाएका छन् ।

तथ्याङ्क अनुसार नुवाकोटका करीब एक सय उम्मेदवारले दोहोरो अङ्कको मत ल्याउन सकेका छैनन् । जिल्लामा मतान्तरण प्रतिशतको आधारमा सबैभन्दा फरक अंकको प्रतिस्पर्धा किस्पाङ–१ को दलित महिला सदस्यमा देखिएको छ । नेकपा (माओवादी केन्द्र)का उम्मेदवार धनमाया बिश्वकर्माले ७३७ मत ल्याएर निर्वाचित हुदाँ उहाँको प्रतिस्पर्धी जनसमाजवादी पार्टीका उम्मेदवार पम्फा बिश्वकर्माले एक मत मात्रै ल्याउनुभयो ।

शुन्य मत हुने उम्मेदवार :
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लामा उम्मेदवारी दिएकामध्ये १७ उम्मेदवारले एक मत पनि पाउन सकेनन् । एक मत पनि नपाउने उम्मेदवारमा तारकेश्वर गाँउपालिकाको उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार टेकबहादुर तामाङ, लिखु–१ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार रामप्रसाद लामीछाने, विदुर–४ को वडाध्यक्षमा जनसमाजवादी पार्टीका उम्मेदवार निरञ्जन घिमिरे, विदुर–६ को वडाध्यक्ष पदमा जनसमाजवादी पार्टीका उम्मेदवार सरोज कुमाल, पञ्चकन्या–२ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार जगदिश महत र राजु मिजार रहनुभएको छ ।

यस्तै किस्पाङ–१ मा वडाध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार पल्देन लामा र स्वतन्त्र उम्मेदवार मुकेश घले, बेलकोटगढी–१ को वडा सदस्यमा राप्रपाका उम्मेदवार सक्षम पुडासैनी, ककनी–३ मा उन्नत लोकतन्त्र पार्टीबाट वडा सदस्यका उम्मेदवार पुरुषोत्तम बलामी, किस्पाङ–१ को वडासदस्य पदमा जनसमाजवादी पार्टीका उम्मेदवार सायमन तामाङ र साटो घलेले एकमत पनि प्राप्त गर्न सक्नुभएन ।

यसैगरि पञ्चकन्या–२ को वडा सदस्यमा स्वतन्त्र उम्मेदवारहरू राजु मिजार, मानबहादुर मिजार र दिपेश मिजार, पञ्चकन्या–२ को दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार सरिता मिजार र विदुर–६ को महिला सदस्यमा जनसमाजवादी पार्टीका उम्मेदवार गोमा तमाङले एक मत पनि नपाएका हुन् ।

एक मत मात्र ल्याउने उम्मेदवार :
तारकेश्वर गाँउपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार सन्तलाल तामाङ, लिखु गाँउपालिकाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार दिपचन्द्र राई, ककनी गाँउपालिकाको अध्यक्षमा नेपाः राष्ट्रिय पार्टीका उम्मेदवार ज्ञानबहादुर लामा, बेलकोटगढी–९ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार केशबप्रसाद भट्ट, विदुर–१२ को वडाध्यक्षमा जनसमाजवादी पार्टीका उम्मेदवार राजकुमार तामाङले एक–एक मत मात्र प्राप्त गर्नुभएको छ ।

यस्तै, तादी–५ वडाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार निकेश लामा, किस्पाङ–४ वडाध्यक्षमा मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवार पूर्णमान तामाङ, बेलकोटगढी–४ मा महिला सदस्यमा एकीकृत समाजवादीका उम्मेदवार ठुलीकान्छी पाण्डे, किस्पाङ–३ को वडा सदस्यमा जनसमाजवादी पार्टीका उम्मेदवार सुपाल तामाङले एक–एक मत मात्र ल्याउनुभएको छ । विदुर–३ को वडा सदस्यमा एकीकृत समाजवादीको उम्मेदवार केशव खड्का, विदुर ६ को वडासदस्यमा जनसमाजवादी पार्टीका उम्मेदवारहरू लालबहादुर राई र सन्तोष सुनारको एक–एक मत आएको छ ।

दुई मत मात्र ल्याउने उम्मेदवार :
पञ्चकन्या गाँउपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार उद्धव कोइराला, तादी गाँउपालिकाको अध्यक्ष पदमा मौलिक जरोकिलो पाटीका उम्मेदवार बासु उप्रेती, नेकपा (समाजवाद) पार्टीबाट तादी गाँउपालिकाको अध्यक्षको उम्मेदवार टिकाराम तामाङ र स्वतन्त्रका उम्मेदवार भोगबहादुर अधिकारी, ककनी गाँउपालिकाको उपाध्यक्षमा सामाजिक एकता पार्टीका उम्मेदवार पुतली तामाङ, बेलकोटगढी–४ को वडाध्यक्ष पदमा एकीकृत समाजवादीका उम्मेदवार सुजाता नेपाल (पाण्डे) बेलकोटगढी–१० को वडाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार अप्सरा घिमिरेले दुई–दुई मत मात्र प्राप्त गर्नुभयो ।

यस्तै शिवपुरी–३ को वडाध्यक्षमा नेपाली कांग्रेस (बिपी)का उम्मेदवार विकाश तामाङ, तादी–३ को वडाध्यक्षमा मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवार मानबहादुर तामाङ, तादी–६ वडाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार ठकुराम तामाङ, ककनी–३ मा वडाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार नवराज बजगाई, किस्पाङ–३ को वडा सदस्यमा जनसमाजवादी पार्टीका उम्मेदवार केशब तामाङ, शिवपुरी–४ को वडासदस्यमा नेकपा (माओवादी केन्द्र)को उम्मेदवार सुदन थापाले दुई–दुई मत पाउनुभएको छ ।

तीनभन्दा बढी मत ल्याउने उम्मेदवार :
किस्पाङ गाँउपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार रामकृष्ण न्यौपानेको छ, म्यागङ गाँउपालिकाको अध्यक्षमा राप्रपाका उम्मेदवार विजय तामाङको सात, बेलकोटगढी–८ को वडाध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार प्रेमबहादुर तामाङको पाँच, बेलकोटगढी–९ को वडाध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार प्रेमप्रसाद कोईरालाले आठ, स्वतन्त्रबाट वडाध्यक्षका उम्मेदवार दिनेश विश्वकर्माले तीन, बेलकोटगढी–१० को वडाध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार धनबहादुर बस्नेतले सात, बेलकोटगढी–१० को वडाध्यक्ष पदमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार अनिश त्रिपाठीको तीन, विदुर–५ को वडाध्यक्ष पदमा स्वतन्त्रका उम्मेदवार भिमबहादुर कुमालको पाच मत मात्रै प्राप्त भएको छ ।

त्यस्तै विदुर–७ को वडाध्यक्षमा मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवार शेरबहादुर तामाङको तीन मत, विदुर–८ को वडाध्यक्षमा स्वतन्त्रको उम्मेदवार उत्तमबहादुर केसीको तीन र सूर्यगढी–५ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार श्यामप्रसाद पाठकले चार मत प्राप्त गर्नुभएको छ ।

यसैगरि बेलकोटगढी–११ को वडाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार सुनील तामाङले आठ, किस्पाङ–१ वडाध्यक्षमा राप्रपाका उम्मेदवार सुवास तामाङले पाँच, म्यागङ–४ को वडाध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार छान्ता तामाङको पाँच र एकीकृत समाजवादीका उम्मेदवार अमृत घलेको चार मत ल्याउनुभएको छ ।

ककनी–१ वडा सदस्यमा उन्नत लोकतन्त्र पार्टीका उम्मेदवार अमितकुमार बलामीले तीन, किस्पाङ–१ को वडा सदस्यमा राप्रपाका उम्मेदवार सुन्तली विश्वकर्माले पाँच तथा विदुर–९ को महिला सदस्यमा जनसमाजवादी पार्टीका उम्मेदवार सिता विश्वकर्माले तीन मत प्राप्त गर्नुभएको छ ।

जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमका अनुसार उम्मेदवारी दर्ता गर्दा मतदाता नामावलीमा नाम भएका एक प्रस्तावक र एक समर्थकसमेत गरेर योग्य उम्मेदवारको कम्तिमा तीन मत आउनुपर्ने भएपनि नुवाकोटमा त्यो देखिएन । “पार्टीबाट टिकट नपाउनुको आक्रोस, राजनीतिक दल प्रतिको निरासालगायतका कारण स्वतन्त्र उम्मेदवारी दिएपनि मतदानसम्म आइपुग्दा निष्क्रिय भएकाले उहाँहरुको पक्षमा न्यून मत आएको हुन सक्छ”, गौतमले भन्नुभयो “दलका उम्मेदवारकोसमेत न्यून मत आउनुले दलीय गतिविधि पनि कमजोर हो कि भन्ने लाग्छ ।”

निर्वाचनको मतदानअन्तर्गत खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने कानूनी व्यवस्था छ । नुवाकोटमा कति उम्मेदवारको धरौटी जफत भयो भन्नेबारे तथ्याङ्क निकाल्न बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ । रासस