४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

डोल्पामा जेठ ११ गतेदेखि यार्सा सङ्कलन खुला गरिने

डोल्पामा जेठ ११ गतेदेखि यार्सा सङ्कलन खुला गरिने
अ+ अ-

डोल्पा,जेष्ठ ८ । डोल्पा जिल्लामा यार्सागुम्बा सङ्कलनका लागि यही जेठ ११ गतेदेखि खुला गरिने भएको छ । शनिबार सदरमुकाम दुनैमा जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाको अध्यक्षतामा जिल्लाका विभिन्न निकायका प्रमुख प्रतिनिधिको सहभागितामा बसेको बैठकले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र र विभिन्न सामुदायिक वनमा रहेका यार्सा पाटन आगामी असार १० गतेसम्म सङ्कलन गर्न पाउने निर्णय गरेको हो । स्थानीयवासी यार्सागुम्बा सङ्कलनबाट आम्दानीले लिन गर्दछन् ।

कोभिड–१९ सङ्क्रमणका कारण लामो समयसम्म सर्वसाधारणले यार्सागुम्बा सङ्कलन गर्न नपाएको जनाउँदै यसपटक विभिन्न तयारीका साथ करिब एक महिनाका लागि यार्सा पाटन खुला गरिने भएको हो । यार्सा सङ्कलनका लागि मध्यवर्ती क्षेत्रका बासिन्दा, जिल्लाभित्रका बासिन्दा र जिल्ला बाहिरका बासिन्दालाई राष्ट्यि निकुञ्ज ऐन र नियामावलीअनुसार फरक–फरक प्रवेश शुल्क लाग्ने छ । यार्सागुम्बा सङ्कलनकर्ताहरूका लागि सुलिगार्ड, धो, साल्दाङ, रिग्मो, सुम्दुवा, छेप्का, त्रिपुराकोट, खालीवन, पहाडा, तोइजम र मुगु जिल्लाको डोल्फु र किम्रीबाट पुर्जी वितरण हुने शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुलीगार्ड डोल्पाले जनाएको छ । यस्तै डिभिजन वनको क्षेत्रमा आवश्यकतानुसार स्थान निर्धारण गरी पुर्जी वितरण गरिने जनाएको छ ।

यार्सागुम्बा सङ्कलन अवधिमा यार्सा सङ्कलनबाहेक अन्य गैरकानुनी कार्य गरेमा राष्ट्रिय निकुञ्च तथा वनजङ्गल संरक्षण ऐन २०२९, हिमाली राष्ट्यि निकुञ्ज नियामावली २०३६, मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली २०५२ अनुसार कारबाही हुने निकुञ्जले जनाएको छ ।यस्तै यार्सागुम्बा सङ्कलनको अवधिमा सर्वसाधारणका लागि विभिन्न नाकामा स्वास्थ्य सेवा कार्यालय, विभिन्न स्थानीय तहहरूसँग समन्वयमा निःशुल्क स्वास्थ्य शिविर राख्ने, पाटनमा हुने फोहरमैला व्यवस्थापनका लागि यार्सागुम्बा सङ्कलनकर्तालाई नाकामा अभिमुखीकरण गर्ने जनाइएको छ । रासस