३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

अमेरिकी उपमन्त्रीको नेपाल भ्रमण: के के छ कार्यक्रम ?

अमेरिकी उपमन्त्रीको नेपाल भ्रमण: के के छ कार्यक्रम ?
अ+ अ-

काठमाडौ ।अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विदेश संयोजक उज्रा जिया नेपाल भ्रमणमा आउनुहुने भएको छ ।

शुक्रवार परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गर्दै यसको जानकारी दिएको हो । परराष्ट्र मन्त्रालयका अनुसार अमेरिकी विदेश उपमन्त्रीको यो भ्रमण अमेरिकी अधिकारीहरुको एक दशकपछिकै उच्चस्तरीय भ्रमण हो । विदेश उपमन्त्री जिया भारतको नयाँ दिल्ली हुँदै आज अपरान्ह नेपाल आउने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताउनु भयो । प्रवक्ता लम्सालले तीन दिने नेपाल भ्रमणमा अमेरिकी विदेश उपमन्त्री जियाले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतका उच्च पदस्थ व्यक्तित्वहरुसँग भेट गर्ने कार्यतालिका रहेको बताउनु भयो । भेटमा दिव्पक्षीय सम्बन्धका विभिन्न आयाममा कुराकानी हुने प्रवक्ता लम्सालले बताउनु भयो ।

प्रवक्ता लम्सालले भन्नुभयो, ‘आजमात्रै अमेरिकी विदेश विभागका नागरिक सुरक्षा, लोकतन्त्र र मानव अधिकार विषय हेर्ने उपमन्त्री उज्रा जिया आज अपरान्ह नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । उहाँ तीन दिने भ्रमणका क्रममा नेपाल आउन लाग्नुभएको हो । प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतका उच्च पदस्थ व्यक्तित्वहरुसँग भेट गर्नुहुनेछ । उहाँले दिव्पक्षीय सम्बन्धका विभिन्न आयाममा कुराकानी हुनेछ ।’

प्रवक्ता लम्सालले जेठ २ गते नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच दिव्पक्षीय वार्ता सम्पन्न भएको बताउनु भयो । उहाँले वार्तामा नेपाल–भारत सांस्कृतिक सम्बन्ध, शैक्षिक तथा प्राज्ञिक सम्बन्ध, नेपालको विकास निर्माणमा भारतको सहयोग, हवाई सेवा, व्यापार तथा वाणिज्य सम्बन्धका साथै उर्जा क्षेत्रमा विकास र लगानीका महत्वपूर्ण छलफल भएको पनि जानकारी दिनुभयो । प्रवक्ता लम्सालले भारत नेपालबीच सो अवसरमा ६ वटा समझदारी पत्रमा हस्ताक्षर भएको बताउनु भयो ।

लुम्बिनी भ्रमणका क्रममा पवित्र मायादेवी मन्दिरमा पूजा, अर्चना गर्नुका साथै लुम्बिनी गुम्बा परिषद्मा इण्डियन इन्टरनेशनल सेक्टर फर बुद्धिष्ट कल्चर एण्ड हेरिटेजको निर्माणका लागि संयुक्त रुपमा शिलान्यास र लुम्बिनी विकास कोषद्वारा आयोजित २५६६ औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस समारोहलाई दुवै प्रधानमन्त्रीले सम्बोधन गर्नुभएको थियो ।प्रवक्ता लम्सालले भन्नुभयो, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालसालै सम्पन्न उच्चस्तरीय भिजिट सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाजीको निमन्त्रणामा भयो । उक्त भ्रमणका अवसरमा दुवै देशका प्रधानमन्त्रीबीच दिव्पक्षीय वार्ता सम्पन्न भयो । उक्त वार्तामा नेपाल–भारत सांस्कृतिक सम्बन्ध, शैक्षिक तथा प्राज्ञिक सम्बन्ध, नेपालको विकास निर्माणमा भारतको सहयोग, हवाई सेवा, व्यापार तथा वाणिज्य सम्बन्धका साथै उर्जा क्षेत्रमा विकास र लगानीका महत्वपूर्ण छलफल भए ।

बैठकमा परराष्ट्रमन्त्रीज्यू लगायतका विभिन्न विभागीय मन्त्रीज्यूहरुसहितको उच्च्स्तरीय प्रतिनिधि मण्डलले भाग लिएको थियो । सो अवसरमा ६ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । उहाँले पवित्र मायादेवी मन्दिरमा पूजा, अर्चना गर्नुका साथै लुम्बिनी गुम्बा परिषद्मा इण्डियन इन्टरनेशनल सेक्टर फर बुद्धिष्ट कल्चर एण्ड हेरिटेजको निर्माणका लागि संयुक्त रुपमा शिलान्यास गर्नुभयो । भ्रमणका अवसरमा लुम्बिनी विकास कोषद्वारा आयोजित २५६६ औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस समारोहलाई दुवै प्रधानमन्त्रीज्यूहरुले सम्बोधन गर्नुभयो ।’

प्रवक्ता लम्सालले पछिल्लो समय पासपोर्टका कामहरु नियमित रुपमा अघि बढीरहेको बताउनु भयो । उहाँले अझै पनि पासपोर्टको व्यवस्थापन गर्ने कार्य जारी रहेकोले आगामी दिनमा थप सुदृढीकरण गर्नेमा जोड दिने स्पष्ट पार्नुभयो । प्रवक्ता लम्सालले अहिलेसम्म ६९ वटा जिल्ला प्रशासन कार्यालय, १५ वटा इलाका प्रशासन कार्यालय र २६ वटा कुटनीतिक नियोगहरुबाट विद्युतीय राहदानी जारी कार्य शुरु भइसकेको पनि बताउनु भयो । उहाँले अब चाँडै नै सबै जिल्लामा विद्युतीय राहदानी सेवा पु¥याउने कुरामा मन्त्रालयले जोड दिएको बताउनु भयो ।

प्रवक्ता लम्सालले भन्नुभयो, ‘पासपोर्टको धेरै काम अलिकति नियमिततातर्फ गएको छ । अझै पनि गर्नुपर्ने सुधारहरु धेरै छन् । अहिले शुरुवाती दिनजस्तो भीडभाड हुने गर्दैन । अहिलेसम्म ६९ वटा जिल्ला प्रशासन कार्यालय, १५ वटा इलाका प्रशासन कार्यालय र २६ वटा कुटनीतिक नियोगहरुबाट विद्युतीय राहदानी जारी कार्य शुरु भइसकेको छ ।

हामीले सकेसम्म चाँडै सबै ठाउँमा विद्युतीय सेवालाई पु¥याउन खोजेको हो । हामी छिटै सबै ठाउँमा पु¥याउने कोशिसमा छौँ । कुटनीतिक उन्मुक्ति तथा भिसासँग सम्बन्धित १८६ कामहरु सम्पन्न भएको छ । कम्प्युटर सेवा विभागबाट यो अवधिमा १६ लाख ६३ हजार राजश्व पनि संकलन भएको छ । जेठ १० गते हामी परराष्ट्र सेवा दिवस मनाउन गइरहेका छौँ । यो २०१८ साल जेठ १० गते विधिवत रुपमा परराष्ट्र सेवा गठन भएको उपलक्ष्यमा परराष्ट्र मन्त्रलयले पहिलोपटक मनाउँदै छ ।’

प्रवक्ता लम्सालले आउँदो जेठ १० गते परराष्ट्र मन्त्रालयले परराष्ट्र सेवा दिवस मनाउने बताउनु भयो । मन्त्रालयले २०१८ साल जेठ १० गते विधिवत रुपमा परराष्ट्र सेवा गठन भएको उपलक्ष्यमा पहिलोपटक यो दिवस मनाउने भएको हो ।