१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाबाट दुई विधेयक पारित



अ+ अ-

काठमाडौ ।  प्रतिनिधि सभाले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ बहुमतले पारित गरेको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)को अवरोधका बिच अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको ‘आर्थिक विधेयक २०७८ लाई पारित गरियोस्’ र ‘राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गरियोस्’ भन्ने दुवै प्रस्तावलाई बहुमतले पारित गरेको हो । सभामुख अग्निप्रसाद सापकोटाले दुवै विधेयक बहुमतले पारित भएको घोषणा गर्नुभयो ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले आफ्नो अवरोध कायमै राखेको छ । एमालेले १४ जना सांसदहरुलाई कारबाही गरेको सूचना सभामुखले नटाँसेको भन्दै एमालेले सूचना टाँसको माग गर्दै प्रतिनिधि सभामा अवरोध गर्दै आएको छ ।

बिहीवारको बैठकमा पनि एमालेले संसदीय मर्यादा कायम गर, पक्षपातपूर्ण व्यवहार मुर्दावाद, गैर सांसदलाई प्रवेश निषेध गर, संवैधानिक सर्वोच्चता कायम गर लगायतका नाराबाजी सहित संसद अवरोधलाई कायम राखेको हो । प्रतिनिधि सभाको आगामी बैठक असोज ११ गते सोमवार दिउँसो २ बजे बस्ने भएको छ ।