१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिद्वारा पन्त र ओलीलाई इतिहास तथा वातावरणविज्ञमा नियुक्त



file
अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले इतिहास तथा पुरातत्वविज्ञमा डा महेशराज पन्तलाई नियुक्त गर्नुभएको छ । डा पन्त काठमाडौँ–१५ का स्थायी निवासी हुन् ।

त्यसैगरी राष्ट्रपति भण्डारीले काठमाडौँ–४ का स्थायी निवासी डा कृष्णप्रसाद ओलीलाई वातावरणविज्ञमा नियुक्त गर्नुभएको छ । 

उनीहरुलाई सम्बन्धित क्षेत्रका बारेमा राष्ट्रपतिलाई सुझाव दिने गरी नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।