१६ असार २०८३, मंगलवार
,
Latest
कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत येन ४० वर्षयताकै कमजोर, हस्तक्षेपको तयारीमा जापान कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध युरोपमा ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित नारायणी किनारदेखि माईतीघरसम्मः नागरिकता र लालपुर्जाको लागि सुस्ताको सङ्घर्ष (तस्बिरहरु) सम्पादक मिश्रलाई चार महिना कैद परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगान मामिलामा नेपाल सरकारको निर्णय र असंग्लन परराष्ट्र नीति



अ+ अ-

काठमाडौं । सरकार गठन भएपनि लामो समयसम्म रिक्त रहेको परराष्ट्र मन्त्रालयको जिम्मा डा नारायण खड्काले पाउनु भयो । खड्का यस्तो भाग्यमानी मन्त्री बन्नुभयो त्यही दिन नियुक्ति, सपथ, पदवहाली र राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका प्रस्थान । 

स्वदेश भित्र नै राम्ररी औपचारिक रुपमा ब्रिफिङ लिन नपाउनु भएका परराष्ट्रमन्त्री खड्काको एउटा निर्णयले नेपालको कुटनीतिक वृत्तमा तरंग ल्याएको छ । नेपाल सरकारले अफगानिस्तानको तालिबान सरकारलाई मान्यता नदिने दृष्टिकोण सार्वजनिक गर्यो ।  यो निर्णयलाई कुटनीतिज्ञहरुले  हतारमा गरिएको अपरिपक्व निर्णय भएको टिप्पणी गरेका छन् । 

राजनीतिशास्त्रका प्राध्यापक एवं अन्तर्राष्ट्रिय मामिलामा चासो राख्नु हुने डा.पुष्प अधिकारीले न्युजपोलारसंग भन्नुभयो, “यसले हाम्रो परराष्ट्रनीतिको मेरुदण्ड असंग्लन परराष्ट्र नीतिमाथि ठूलो चोट पु¥याएको छ । सार्कको बडापत्रमा एक अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, द्विपक्षीय सम्बन्धमा छलफल नगर्ने भन्ने बुँदा छ । त्यसको पनि नेपाल सरकारबाट उल्लंघन  भयो ।” 

अफगान सरकारको विषयमा भारतले समेत औपचारिक रुपमा यति कठोर टिप्पणी गरेको छैन । तर भारतले उसले सञ्चार क्षेत्र मार्फत असन्तोष व्यक्त गरेको छ, गराइरहेको छ ।  राष्ट्रसंघको महासभा बैठमा भाग लिन पुगेका सार्क राष्ट्रका विदेश मन्त्रीहरुको औपचारिक छलफल रद्द भएको छ । यदि राष्ट्रसंघले आफ्नो महासभा बैठकमा अफगान प्रतिनिधिलाई आफ्ना दृष्टिकोण राख्न दिएको खण्डमा परराष्ट्रमन्त्री स्तरीय बैठक के हुन्छ भन्ने बारेमा सरकारले स्पष्ट पारेको छैन ।  

यसले गर्दा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको अपरिपक्व  व्यवहारको दोष नलाग्ला भन्न सकिन्न ।  सन् २००५ मा अफगानिस्तानलाई  सार्कमा सदस्य दिने कुरामा नेपालको आपत्ति रहेको थियो । किनकि त्यस समयमा अफगानिस्तानमा अमेरिका समेतको विदेशी सेनाको उपस्थिति रहेको थियो । 

भारतको जोडबलमा मात्र अफगानिस्तानको सदस्यता निश्चित भएको थियो । अहिले औपचारिक रुपमा भारत मौन रहेको बेला नेपालको  परराष्ट्रमन्त्रीको निर्णयले क्षेत्रीय रुपमा रहेको नेपालको तटस्थताको साख क्षतविक्षत त भएको छैन ?  डा.अधिकारीले भन्नुभयो, “हामीले यस कारण पनि यस्तो अपरिपक्व निर्णय गर्नु हुँदैन थियो किनकी हाम्रो अर्को छिमेकी चीनले अफगान सरकारको समर्थनमा अन्तर्राष्ट्रिय फोरमहरुमा सहयोग आह्वान गरिरहेको छ ।  चीन पनि  सार्कको पर्यवेक्षक राष्ट्र हो ।” 

हालसम्म अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरुमा फ्रान्स र बेलायतले मात्रै औपचारिक रुपमा अफगान सरकारलाई मान्यता नदिने घोषणा गरेका छन् । जसका कारण उनीहरुको राष्ट्रिय मुद्दा प्रमुख बनेको छ । नेपालले किन यस्तो निर्णय गर्यो स्पष्ट पार्नु आवश्यक हुन्छ ।

सबैलाई थाहा छ, अफगानिस्तानमा हालैमात्र तालिबान नामको विद्रोही समूहले त्यहाँको सत्ताकब्जा गरेको थियो । राष्ट्रपति अस्रफ घानी देश छाडेर भागेका थिए भने अफगानिस्तानमा तैनाथ अमेरिकी र अन्य मुलुकका सेना तोकिएको मितिभित्रै अर्थात् अगष्ट ३१ भित्रै हतार हतारमा अफगानिस्तान छाडेका थिए । 

सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा शासन गरिसकेको तालिबान समूहलाई कट्टरपन्थी, इस्लामिक र आतंकवादी समूहको रुपमा अमेरिका र उसका सहयोगी राष्ट्रहरुले हेर्ने र त्यसै बमोजिमको व्यवहार गर्ने गरेका छन् । तर यस पटक अमेरिकी सरकार स्वयंले अफगानिस्तानबाट अमेरिकी फिर्ता गर्ने विषयमा तालिबान समूहसँग एक सम्झौता गरेको थियो । वर्षौंदेखि जारी युद्ध, गृहयुद्धले अफगानिस्तान थिल्थिलो भएको र त्यहाँ मानवीय संकट, चरम आर्थिक अभाव र भोकमरि रहेको भन्दै राष्ट्रसंघले अफगानिस्तानलाई सहयोग गर्न पहल थालिसकेको छ ।

यसैबीच, अफगानिस्तानले राष्ट्रसंघमा सम्बोधन गर्नका लागि आफ्ना प्रतिनिधिका रुपमा मोहम्मद सुहेल साहिनलाई तोकिसकेको छ, र उनलाई अमेरिका पठाउने घोषणा गरेको छ । ती प्रतिनिधिलाई राष्ट्रसंघमा सम्बोधन गर्न दिने वा नदिने भन्ने प्रश्नमा राष्ट्रसंघको नौ सदस्यीय समितिमा छलफल समेत चलिरहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । यस समितिमा रसिया, चीन, अमेरिका, स्वीडेन, दक्षिण अफ्रिका, सियरा लियोन, चिली, भुटान र बहमास रहेका छन् ।